३२० ले लिए स्वास्थ्य सेवा

0
1183
Advertisementcorona-new-ads

हेटौंडा, १८ साउन/राधा माधव सेवा समिति अन्तर्गतको डिभाइन यूथ क्लब नेपालको आयोजनामा हेटौंडा–१७ हटिया जुरेथुममा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
शनिबार भएको शिविरमा स्त्री तथा प्रसुती रोग, बालरोग र जनरल फिजिसयनका विरामीहरुले उपचार गराएको डिभाइन यूथ क्लब मकवानपुरका सचिव सागर पन्थीले जानकारी दिए । डिभाइन यूथ क्लबले हेटौंडा–१७ मा निर्माणको लागि प्रस्ताव गरेको कृपालु चिकित्शालय परिसरमा प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । शनिबार उपचारमा आउने ७० प्रतिशत विरामीहरु स्त्री तथा प्रसुती रोग सम्बन्धि रहेका थिए । प्रत्येक महिना सञ्चालन गर्दै आएको स्वास्थ्य शिविरको यो ७ औँ संस्करण हो । आगामी भाद्र महिनाको २८ गते शनिबार पनि शिविरको आयोजना गरिएको पन्थीले बताए । भाद्र महिनामा छाला रोग विशेषज्ञबाट उपचार हुने डिभाइन यूथ क्लबका अध्यक्ष सरोज न्यौपानेले जानकारी दिए । काठमाडौंमा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पताल र हेटौंडाको रेमिडी डायग्नष्टिक हेल्थ केयर सेन्टरको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो ।

प्रतिकृया दिनुहोस्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्