८२ जनामा डेंगुको संक्रमण

0
883
Advertisementcorona-new-ads

हेटौंडा, २३साउन/मकवानपुरमा विहीबारसम्म ८२ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भुपनारायण यादवका अनुसार ८२ जनामा डेंगुको संक्रमण देखिएको छ। यो क्रम अझै बढ्न सक्ने उनको भनाई छ ।

जिल्लामा डे·ुको प्रकोप बढ्दै गएपछी यसको सर्तकताको लागि उच्चतम रुपमा ध्यान दिईएको छ । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्ने तथा औषधी समेत छर्कने काम गरिरहेको छ । उपमहानगरपालिकाले वडाभित्र जनचेतना जगाउने कामलाई पनि तीव्रता दिएको छ । वडा वडामा त्यस क्षेत्रका स्थानीयहरुलाई सहभागी गराई उपमहानगरले जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम समेत गर्दै आईरहेको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य सेवा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । यसैबीच, बिहीबार तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, हेटौंडा उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र मेडिकल एशोसिएसन अफ मकवानपुर मेलानको बीचमा डेंगु रोग न्यूनिकरणका लागि संयुक्त बैठक समेत बसेको छ ।

बिहीबार बसेको बैठकले डेंगुको परीक्षण गर्दा लाग्ने शुल्कलाई पनि समायोजन गरेको छ । यसअघि डेंगु रोग परिक्षण गर्दा १ हजार ५ सय रुपैयाँ शुल्क लिईदै आएकोमा उक्त मूल्यलाई समायोजन गर्दै १ हजार रुपैयाँ कायम गरिएको मेलान मकवानपुरका कोषाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए । बैठकले जनचेतनामुलक कार्यक्रमलाई तीव्र बनाउने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्