डेंगुको संक्रमण बढ्दै, उच्च सतकर्ता अपनाउन अपिल

0
676
Advertisementcorona-new-ads

हेटौंडा, २४ साउन/हेटौंडामा पछिल्लो तीन सातामा ८३ जनामा डेंगुको संक्रमण देखिएको छ । डेंगुको संक्रमण उच्च रुपमा बढ्दै गएको प्रति जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले चिन्ता व्यक्त गरेको छ । हेटौंडा उपमहानगरपालिकाले पनि नगर क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । लामखुट्टेको टोकाइबाट हुने यो रोगबाट बच्न उपमहानगरपालिकाले नगरका १९ वटै वडाहरुमा सचेतना अभियान सुरु गरेको छ।

पानी जम्ने स्थानमा लामखुट्टे पाइने भन्दै यस्ता स्थानहरु नष्ट गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ । हेटौंडामा डेंगुको प्रकोप नियन्त्रण गर्नका लागि १९ वटै वडामा वडा अध्यक्षको नेतृत्वमा टोली परिचालन गरिएको छ । डेंगुका कारण धेरै बिरामी परेको र यसको नियन्त्रणका लागि हरेक वडामा वडा अध्यक्षको नेतृत्वमा स्थानीय महिला स्वास्थ्य स्वयंसेबिका, टोल बिकाश संस्था, स्थानीय समुदाय सबैलाई एकैसाथ परिचालन गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । हेटौंडा ११ थानाभ¥याङ क्षेत्र र १० नम्बर वडामा रहेका पुराना टायर संकलन गरेर नष्ट गर्ने, टायरमा भएका पानी नष्ट गर्ने अभियानमा लागिएको उनले बताए । जनचेतना जगाउँदै डेंगुको लार्भा र प्युपा बस्ने बास स्थान नष्ट गरिसक्ने गरी काम सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्या शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । कार्की सहितको टोली हेटौंडा बजार क्षेत्रका हरेक वडामा पुगेर समुदायलाई जनचेतना जगाउने र डेंगुको लार्भा र प्युपा बस्ने वास स्थानको नष्ट गर्ने अभियानमा सक्रिय छ । ‘हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगुको प्रकोप बढेको छ,’ उनले भने,‘डेंगुको कारण दैनिक बिरामी हुनेको संख्या बढ्दै गएको छ । साउन लागे यता
मकवानपुरमा ८३ जनमा डेंगुको संक्रमण देखिएको छ । बिरामीमध्ये ३५ जनाभन्दा बढीले सरकारी अस्पतालमा तथा बाँकी निजी अस्पताल र क्लिनिकमा उपचार गराएका छन् ।’ उपमहानगरपालिकाले यसका लागि उच्च सतर्कता अपनाएको उनले बताए । उपमहानगरपालिकाका मेयर महतले डेंगु नियन्त्रणको लागि तीव्र रुपमा काम गरिरहको बताउनुभएको छ ।

सबैलाई जनचेतना जगाउँदै यसबाट बच्ने उपायहरु सिकाएर सचेत रहन आग्रह गरिएको छ । उपमहानगरपालिकाले हेटौंडामा देखिएको डेंगु रोगको प्रभावकारी रोकथामका लागि लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्न अपिल गरेको छ । विशेषगरी सफा पानी जमेर रहेका पुराना फुटेका भांडा, टायर, टिनका बट्टा, गमला, पानी टंकी, फ्रिज आदि खोजी खोजी पानी नजम्ने अवस्था बनाउन अपिल गरिएको छ । उपमहानगरपालिकाले यो अभियान टोल टोलमा सुरू गरेको छ । डेंगु रोग नियन्त्रणका लागि प्रदेश मातहतको स्वास्थ्य निकायले पनि चासो देखाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, हेटौंडा उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र मेडिकल एशोसिएसन अफ मकवानपुर मेलानले डेंगु नियन्त्रणका लागि काम गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्