सन्ध्यालाई भोट गर्न एथलेटिक्स संघको अनुरोध

0
1502
Advertisementcorona-new-ads

हेटौंडा, १२ असोज/नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको छमछमिको चौथो सिजनको उत्कृष्ट ६ भित्र परेकी छमछमि हेटौंडाकी एथलेटिक्स खेलाडी सन्ध्या आचार्यलाई भोट गर्न मकवानपुर जिल्ला एथलेटिक्स संघले अनुरोध गरेको छ ।

एथलेटिक्सकि राष्ट्रिय खेलाडी तथा मकवानपुर जिल्ला एथलेटिक्स संघकी जिल्ला कार्यसमिति सदस्य समेत रहेकी सन्ध्यालाई फाइनलसम्म पु¥याउन भोटको लागि संघले सम्पुर्ण जिल्लावासी खेलाडी तथा खेलप्रेमिमा अनुरोध गरेको छ । उत्कृष्ट पाँच प्रतिष्पर्धिले उपाधीका लागि सहभागी हुन पाउने भएकोले सन्ध्यालाई भोट गर्न अपिल गरिएको हो ।

आउने शनिबार प्रशारण हुने कार्यक्रममा सन्ध्यालाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गई सिसि टाइप गरी एक स्पेश छोडेर उनको भोटिङ कोड ०८ लेखि ३१००९ मा पठाउनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्