मलेसियामा सन्देश अवार्ड

0
504
Advertisementcorona-new-ads

हेटौंडा, १४ मंसिर/ रेडियो सन्देशले विभिन्न १० विधामा प्रदान गर्ने अवार्ड मलेसियामा गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै रेडियोले मलेसियाको क्लालालम्पुरमा सन्देश ईन्टरनेशनल अर्वाड–२०२० हुने जानकारी दिएको छ ।

एनआरएन मलेसिया र नेपाली राजदुतवास मलेसियासँगको सहकार्यमा मलेसियाको क्वालालम्पुरमा हुने अर्वाड कार्यक्रममा विभिन्न १० विधामामा १० जना व्यक्तित्वलाई अर्वाड प्रदान गरिने रेडियो सञ्चालक सामुदायिक सञ्चार समूहका अध्यक्ष सुनिल खड्काले जानकारी दिए । कार्यक्रममा भिजिट नेपाल–२०२० सम्बन्धी अन्तक्रिया, नेपालको पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न डकुमेन्ट्री प्रदर्शन र ‘देश फर्किऔं, देश बनाऔं’ भन्ने अभियानको डकुमेन्ट्री पनि प्रदर्शन गरिने खड्काले बताए ।

पुसको पहिलो साता हुने कार्यक्रममा मलेसियाका विभिन्न संघ÷संस्था, सामाजिक व्यक्तित्व, उद्योगी÷व्यवसायी गरी करिब ४ सय जनाको सहभागी हुने खड्काले बताए । कार्यक्रममा नेपालबाट अर्वाड पाउने व्यक्ति, बिज्ञापनदाता, सञ्चारकर्मीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सांसद, विभिन्न संघरसंस्था, सामाजिक व्यक्तित्व, उद्योगी÷व्यवसायी लगायतका व्यक्तित्वहरु सहभागी हुने पत्रकार सम्मेलमा जानकारी दिइएको छ । यसैबीच, सामुदायिक सञ्चार समूहद्वारा सञ्चालित रेडियो सन्देश १०६.९ मेगाहर्जमा विज्ञापन गर्ने विज्ञापनदातालाई विदेश भ्रमणमा लगिने भएको छ । गतबर्ष झैं यसबर्ष पनि विज्ञापनदाताहरुलाई मलेसिया र सिंगापुरको निःशुल्क भ्रमण गराउने खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्