चलचित्र पत्रकार संघले अन्तरक्रिया गर्ने

0
823
Advertisementcorona-new-ads

हेटौंडा, २३ मंसिर/मोफसलमा नेपाली चलचित्रको बजार बिस्तारमा सञ्चारकर्मीको भूमिका विषयमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले अन्तरक्रिया कार्यक्रम भएको छ । खस्कदै गएको चलचित्र क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै संघले यही मंसीर ३० गते हेटौंडामा अन्तरक्रिया गर्ने निर्णय भएको हो ।

संघको सोमबार बसेको कार्यसमिति बैठकले आगामी हप्ता हेटौंडामा अन्तरक्रिया गर्ने निर्णय गरेको अध्यक्ष मणिराज गौतमले जानकारी दिए । चलचित्र क्षेत्रसँग सम्बन्धित संघ÷संस्थाहरुको प्रतिनिधित्व एवम् उपस्थितीमा अन्तरक्रिया हुनेछ । चलचित्र विकास बोर्डको सहयोग एवम् चलचित्र पत्रकार संघ केन्द्रीय समितिको समन्वयमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भटराई, बोर्ड सदस्य नरेन्द्र महर्जन, चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघ, निर्देशक समाज, समीक्षक समाजसहित चलचित्र पत्रकार संघको विभिन्न जिल्ला शाखाका गरी करिब ५० जना पत्रकारहरुको सहभागिता रहने छ । बैठकले चलचित्र पत्रकार संघ मकवानपुर शाखाको अधिवेशन आगामी पुष १ गते गर्ने निर्णय समेत गरेको अध्यक्ष गौतमले बताए ।

प्रतिकृया दिनुहोस्