‘प्रेमगीत ३’को शिर्ष गीत यस्तो(भिडियो)

0
581
Advertisementcorona-new-ads

‘प्रेम गीत ३’को दोस्रो गीत सार्वजनिक भएको छ। सिनेमाको ‘हर युग होस प्रेम गीतको’ बोलको शिर्ष गीतलाई प्रताप दास र प्रविशा अधिकारीलाई स्वर दिएका छन्। राजेश कुमार श्रेष्ठको शब्द तथा एलिस कार्कीको संगीतमा रहेको गीतलाई लिरिकिल ढाँचामा सार्वजनिक गरिएको हो।

गीतमा प्रेम र गीतको प्रेमलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। अभिनेता प्रदीप खड्का र नायिका क्रिष्टिना गुरुङको जोडीलाई यस गीतमा निकै सुहाएको छ। सिनेमाको यस अघि एक गीत ‘हात्ती ढुंगा’ यस अघि सार्वजनिक भएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ।

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति ‘प्रेम गीत ३’ चैत २८ गते प्रदर्शनमा आउनेछ। कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

प्रतिकृया दिनुहोस्