फुटबल संघले बाँड्यो खेलाडी र रेफ्रीलाई राहत

0
358
Advertisementcorona-new-ads
राहत रकम वितरण गर्दै मेयर महत, अध्यक्ष लामालगायत ।

हेटौंडा, १२ साउन/मकवानपुर जिल्ला फुटबल संघले जिल्लाका फुटबल खेलाडी र रेफ्रीलाई राहत बाँडेको छ । कोभिड १९ (कोरोना भाइरस) का कारण प्रभावित भएका खेलाडी तथा प्रशिक्षकलाई सोमबार एक कार्यक्रमकाबीच राहत रकम वितरण गरिएको हो ।
यस अघिको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएका क्लबका एक/एकजना खेलाडी र ५ जना निर्णायकलाई जनही नगद २ हजार रुपैयाँ वितरण गरिएको हो । क्लवको सिफारिसका आधारमा खेलाडीलाई राहत रकम वितरण गरिएको मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनाल मल्लले जानकारी दिए ।

खेलाडी तथा रेफ्रीको राहतका लागि अखिल नेपाल फुटबल संघ एन्फाले नगद ७५ हजार रुपैयाँ पठाएको थियो । जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि महतले खेल क्षेत्रसहित हरेक क्षेत्रको विकासका लागि हेटौंडा उपमहानगरपालिका तत्पर रहेको बताए । ‘हेटौंडा उपमहानगरपालिकाले खेल क्षेत्रको लागि के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ? सल्लाह गरेर आउनुहोला, त्यसको लागि हामी तयार छौं’, मेयर महतले भने ।
फुटबल संघ अध्यक्ष लामाले लकडाउनका कारण हरेक क्षेत्र जस्तै फुटबलका गतिविधि पनि ठप्प रहेको जानकारी दिए ।

संघले उपलब्ध गराएको राहतबाट केही खेलाडी र रेफ्रीलाई सहयोग भएको भन्दै खुसी व्यक्त गरे । राहत वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, बागमती प्रदेश खेलकुद विकास परिषद् सदस्यद्वय माधव तिमल्सिना र कल्पना शर्मा, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा, कार्यालय प्रमुख राजन दाहाल खुसराज, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, महासंघ मकवानपुर सचिव गणेशदर्पण अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

क–कस्ले पाए राहत ?
फुटबल संघले ५ रेफ्री र जिल्ला लिग खेलेका क्लवका एक÷एक खेलाडीलाई राहत रकम दिएको हो । रेफ्री सरस्वती लो, अजय सिंह, विशाल घलान, सन्तोष राई र अकिललाल श्रेष्ठलाई राहत दिइएको हो ।

खेलाडीतर्फ एफसी नामटारका शंकर स्याङ्तान, पिप्ले युवा क्लवका राजकुमार देउजा, गोर्खा ब्वाइज क्लवका सशील देउला, परेली सामाजिक खेल संस्कृति तथा वातवरण विकास समूहका विनोद थापा, भूटनदेवी युवा क्लवका अनिस थोकर, मदन भण्डारी स्पोर्टस् एकेडेमीका शम्भु ढकाल, राप्ती रिभर फुटबल क्लवका गगन शिलवाल, द रिभाइबल यूथ क्लवका रोहन शाही, रियल स्टार युवा क्लवका अनिल मोक्तान, चाइनाक्वाटर एफसीका ओम गुरुङ, एफसी पोतालाका सुमन लामा, एफसी विजय यूथका रोहन बुढाथोकीले राहत रकम पाए । यस्तै एफसी मल्टिभिजनका निश्चल दुलाल, प्रतिभा क्लवका किसन लामा, हेटौंडा भेट्रान्सका सन्तोष मोक्तान, न्यू कम्बाइन क्लवका भजन तामाङ, युनाइटेड नाइनका निगम मगर, हाँडीखोला यूथ क्लवका सुलभ बुढाथोकी, महाबीर क्लवका निखिल श्रेष्ठ, एफसी इन्टरनेट सिटीका अर्जुन काफ्ले, एफसी इन्टरनेटका सुवास थिङ, निब्टा क्लवका सुमन लामा, प्रगतिशील युवा क्लवका विवेश माझी, चुरेकालिका युवा क्लवका अनिल बल, बुद्ध युवा क्लवका छेवाङ बोम्जन, हटिया स्पोर्टस् एकेडेमीका सचिन मानन्धर, डाँफे यूथ क्लवका फत्तेमान घले र सक्षम युवा क्लवका साङ्गे वाइबाले राहत रकम पाएका हुन् ।

प्रतिकृया दिनुहोस्