रिकभरिङमा हेपाटाइटिस परीक्षण

0
152
Advertisementcorona-new-ads

हेटौंडा, १३ साउन/लागूऔषध प्रयोगकर्ताको पुनस्र्थापनामा क्रियाशील संस्था मकवानपुर रिकभरिङ समूहले मंगलबार एकदिने निःशुुल्क हेपाटाइटिस ‘सी’ परीक्षणको आयोजना गरेको छ ।

कार्यक्रममा ६७ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेको समूहका प्रबन्ध निर्देशक सन्दिप शाक्यले जानकारी दिए । रिकभरिङ समूहमा रहेकाहरुको स्वास्थ्य अवस्थाको बिषयमा जानकारी लिनका लागि निशुल्क स्वास्थ्य परीक्षण गरिएको उनले बताए । सन् २०३० सम्म हेपाटाइटिस हटाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले जुलाई २८ तरिखमा ‘विश्व हेपटाइटिस दिवस’ मनाउँदै आएको छ । सोही अनुरुप हेटौंडा १ मा रहेको स्नेहा प्याथोलोजी र रिकभरिङ नेपालको समन्वयमा कार्यक्रम भएको हो । विश्व हेपाटाइटिस दिवस दिवसको सन्दर्भमा हरेक वर्ष समूहले स्वास्थ्य परीक्षण गर्दै आइरहेको छ ।

यसको संक्रमण भएपछि शरीरमा लक्षण देखिने सम्भावना कम हुन्छ । कहिलेकाहीँ यसको लक्षण अस्पष्ट समेत देखिने चिकित्सकहरुले बताएका छन् । धेरैजसो व्यक्ति यसको भाइरससंग लडेर रोगमुक्त भएपनि वर्षौंसम्म शरीरमा भाइरस रहन सक्छ । हेपाटाइटिस ‘सी’ ले कलेजोको सिरोसिस, कलेजोका क्यान्सर आदि गराउँछ ।

प्रतिकृया दिनुहोस्