पिप्लेको खेलमैदान स्तरोन्नती हुँदै

0
173
Advertisementcorona-new-ads

हेटौंडा, १६ साउन/ हेटौंडा ५ मा रहेको क्याम्पा चौरको खेल मैदान स्तरोन्नती हुँदैछ । पिप्ले युवा क्लवका अध्यक्ष सुशील घिमिरेको नेतृत्वमा चौरको वरिपरि ६ सय मिटर तार जाली लगाउने काम सम्पन्न भईसकेको छ ।

‘१५ लाख रुपैयाँको योजनामा क्याम्पा चौरलाई नमूना चौरको रुपमा विकास गरिने छ,’ क्लबका सचिव दीपेन्द्र ढकालले भने,‘१० लाख खर्चेर चौरको वरिपरि ६ सय मिटर तारजालीले घेरेको तथा वृक्षरोपण गरिएको छ ।’ जिल्ला वन कार्यालय तथा पिप्ले युवा क्लबको सहयोगमा तारजाली लगाउने काम सम्पन्न भएको उनले बताए । वर्षाले गर्दा काम रोकिएको बताउँदै ढकालले भने,‘मैदानमा मानिस हिँड्ने ट्रयाक, ४०० सय मिटर रनिङ ट्रयाक भित्र फुटबल ग्राउण्ड बनाइने छ । चौरको वरिपरि शारीरिक व्यायामका सामग्रीहरु जडान हुनुका साथै प्रतिक्षालय पनि निर्माण गरिनेछ ।’

ठूलो प्रतियोगिता आयोजना हुँदा बस्नको निम्ति सिमेन्टको कुर्सी पनि चौरमा राखिने उनको भनाइ रहेको छ । उनले मैदान निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्