‘नयाँ ढंगले अगाडी बढेको छौं’

0
393
Advertisementcorona-new-ads

बासामाडी जेसीजले अहिले आफ्नो सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । कोरोना संक्रमणको बीच बसाडमाी जेसीजले सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । जेसीज सप्ताहको उद्देश्य, जेसीजमा युवा आकर्षण र युवाहरुको सामाजिक सेवा प्रति जागरुकता जस्ता विषयमा बसामाडी जेसीजका अध्यक्ष विवेक बजगाईंसँग गरिएको संक्षिप्त कुराकानीः

प्रदेशः सप्ताहव्यापी कार्यक्रम गर्दै हुनुहुन्छ के–के हुँदै छ ?

बजगाईंः हाम्रो जेसीज सप्ताह अन्तर्गत वर्षै पिच्छे सातै दिन विभिन्न कार्यक्रम गर्दै मनाउँदै आइरहेका छौं । त्यसमध्येमा यस वर्ष हामीले पहिलो दिन बुद्धचोकमा मास्क वितरण कार्यक्रम सक्यौं । सोमबार जनैपूर्णिमा पनि भएकाले राप्ति खोला नजिक रहेको गोरक्षश्वर मन्दिर धाममा संस्कृत विषय पठनपाठन गर्दै आइरहेको कुरा थाहा पायौं र त्यहाँका बालबालिकाहरुसँग साक्षात्कर गर्ने र केही राहत सामग्री हस्तान्तरण उद्देश्यले त्यहाँ गयौं तर बालबालिकाहरु कोरोनाको कारण अहिले सबै घर–घर जानु भएको रहेछ । र त्यहाँको सञ्चालक समितिका सदस्यहरुलाई भेटेर कार्यक्रम ग¥यौं र राहत सामग्री पनि हस्तान्तरण ग¥यौं ।

प्रदेशः अब आउने दिनहरुमा के–कस्ता कार्यक्रमहरु छन् ?

बजगाईंः अब आउने दिनहरुमा बसामाडी जेसीजले बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब र अपाङ्गलाई विशेष प्राथमिकता दिने कारणले २० गते वृद्धवृद्धासँग जेसीज युवा कार्यक्रम रहेको छ । त्यसैगरी हाम्रो घरमा जेसीजको सहयोगी हात भन्ने कार्यक्रम छ । सिँचाई टोलमा रहेको हाम्रो घरमा अनाथ बालबालिकाहरु रहेका छन् ।

त्यहाँ हामीले राहत सामग्री नै वितरण गर्छाैं । अनि त्यसैगरी बालबालिकासँग जेसिज युवा कार्यक्रम अन्तर्गत भिमफेदीमा रहेको बालमन्दिरमा हामीले विगत ८÷१० वर्षदेखि प्रत्येक वर्ष खाद्यान्न सहित आवश्यकता अनुसारको राहत सामग्री हस्तान्तरण गर्छाैं । त्यस्तै हेटौंडा–७ मा रहेको आशा विशेष स्कुलमा पनि त्यहाँ रहेका अपाङ्ग बालबालिकाहरुसँग केही समय साक्षात्कार पनि गर्छाैं र त्यहाँको आवश्यकता अनुसार राहत सामग्री पनि हस्तान्तरण गर्छाैं । त्यस्तै हाम्रो अन्तिम कार्यक्रम अन्तर्गत २४ गते जेसीज सप्ताहको समापन पनि रहेको छ र मन्दिरलाई सहयोग कार्यक्रम पनि रहेको छ । यस अन्तर्गत बनस्खण्डी मन्दिरलाई डष्टबिन र गमला बितरण कार्यक्रम राखेका छौं ।

प्रदेशः तपाईहरुले गर्दै आइरहनुभएको सप्ताहव्यापी कार्यक्रम चैँ प्रायः एकै किसिमको रहेको हुन्छ, नयाँ ढंगले किन अगाडी बढ्नु भएन अथवा यही नै उचित लाग्छ ?

बजगाईंः यसपाली नयाँ ढंगले अगाडी बढेको छौं । पहिला मास्क वितरण कार्यक्रम थिएन, यसपाली कोरोनाको कहरलाई ध्यानमा राखेर मास्क वितरण कार्यक्रम राख्यौं । उक्त कार्यक्रममा ५०० थान भन्दा बढी मास्क वितरण ग¥यौं र यो सातै दिनको कार्यक्रमलाई हामीले निरन्तरता दिन्छौं । जेसीजले जहिले पनि समसामयिक विषयलाई जोडेर आफ्नो कार्यक्रम गर्छ ।

प्रदेशः हामी कार्यक्रमकै विषयलाई जोडेर कुराकानी गरिरहेका छौं, अहिले अलिकति प्रसंग बदलौं है, जेसीज के हो ?

बजगाईंः वास्तवमा जेसीज सामाजिक संस्था हैन । जेसीजमा बाहिरबाट सहयोग आउँछ अति त्यो पैसा लिएर गएर विभिन्न कार्यक्रम गर्छन् भन्ने भ्रम रहेको छ, त्यो हैन । जेसीज भनेको नितान्त व्यक्तित्व र नेतृत्व विकास गर्ने एउटा संस्था हो ।

हामी भोली कुनै पनि व्यवसायमा लाग्दा हामी कसरी परिमार्जन गर्दै जानुपर्छ, आफ्नो व्यक्तित्वलाई कसरी विकास गर्दै लैजानुपर्छ भन्ने कुरा सिकाउने संस्था हो । तर हामी समाजमा रहने भएकोले जेसीजमा सिकेका कुरालाई समाजमा प्रदर्शन गर्छाैं । विविध कार्यक्रम गर्दै जेसीज सामाजिक संस्था नभएपनि हामी समाजसँग यसरी जोडिएर जान्छौं ।

प्रदेशः तपाईंले नि भन्नुभयो यसमा कतैबाट आर्थिक सहयोग आएर चल्ने संस्था हैन भनेर, तपाईँहरुको आर्थिक स्रोत के हो ?

बजगाईंः हाम्रो आर्थिक स्रोत भनेको हामी आफैंले नै पैसा जम्मा गर्ने हो । कसैले केही रकम खर्च गरेर आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्ने स्थान खोजिरहनु भएको छ भने जेसीजले अवसर दिन्छ ।

प्रदेशः अन्त्यमा के भन्न चाहनुहुन्छ ?

बजगाईंः जेसीजमा मेरो यात्रा ६÷७ वर्षको भयो । यसमा लाग्नुभन्दा पहिला म पनि अन्योलमा थिए । यसको उद्देश्य वृहत छ । हामी यसको उद्देश्यलाई मनन गरेर हामी हिँड्ने हो भने व्यक्तिको लागि यो संस्था कत्तिको उचित छ भन्ने कुरा म बसामाडी जेसीजको अध्यक्ष भईरहँदा थाहा पाएँ ।

प्रतिकृया दिनुहोस्