येसुका भक्त पनि बिरामी हुन्छन र ?

0
75
Advertisementcorona-new-ads

घटना नम्बर १
मिति २० साउन २०७७ का दिन नेपालको चर्चित विद्युतिय पत्रिका अन्नपूर्ण पोष्टमा ‘मृत मोतिरामलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए’ शिर्षकमा समाचार प्रकाशित भयो ।
समाचारमा उल्लेख भए अनुसार कैलालीको टीकापुरका एक जना क्रिश्चियन धर्मगुरु (पास्टर) ले शव जिउँदो बनाइदिने भन्दै पाँच दिनदेखि आÇनो घरभित्र राखेको खुलेको छ। कैलालीको टीकापुर नगरपालिका–१ का मोतिराम डगौराको शव पास्टर दिपक चौधरीले पाँच दिनदेखि आÇनो घरभित्र राखेका हुन् ।

स्थानीयले घरभित्र शव कुहिएर गन्ह्राउन थालेको भन्दै प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले प्लाष्टिकमा डसना र तकियामा सुताई राखेको अवस्थामा शव फेला पारेको हो। ईप्रका टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले पास्टर चौधरीले जिउँदो बनाइदिने भन्दै शव घरभित्रै राखेको खबर आएपछि शव बरामद गरेको बताए।
घटना विवरण अनुसार टीकापुर नगरपालिका–१ का मोतिराम डंगौरा मुटुका विरामी थिए। उनका छोरा ईश्वर डंगौराले उनको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार गराए। तर चिकित्सकहरुले निको नहुने भन्दै घरमा आराम गर्न घर पठाए। तर डगौराको पास्टर दिपक चौधरीले मुटुको रोग पनि निको पारिदिने भन्दै उपचार सुरु गरे। पाँच दिनअघि पास्टरको घरमा पु¥याएका विरामी मोतिरामको सोही दिन मृत्यु भईसकेको छिमेकीहरुले बताएका
छन् । तर पास्टरले सात दिनमा मोतिरामलाई जिउँदो बनाई दिने भन्दै शव आÇनै घरमा राखेको मृतकका छोरा ईश्वरले प्रहरीलाई प्रारम्भीक बयानमा बताएका छन । टीकापुरको सुकुम्बासी बस्ती रहेको शक्तिनगर शिविरका ईश्वर हरेक दिन बुवाको शव जिउदो भयो की भनेर हेर्न जाने गरेको पनि खुलेको छ ।

घटना नम्बर २
केहि दिन अगाडी मकवानपुर जिल्लाको उत्तरी पश्चिम भेगमा पर्ने राक्सिराङ गाउँपालिका वार्ड नम्बर ५ का ईसाई पास्टर बिष्णुलाल प्रजा (चेपाङ) बिरामी भएर डोके एम्बुलेन्समा चढी उपचार गर्न हिंडे । ईसाईका पास्टरनै बिरामी भए पछी प्रभु येसुले रोग निको पारि दिनु पर्नेमा डोके एम्बुलेन्समा चढेर अस्पताल किन गए ?

तस्विर: शिब कुमार रिजाल कासीको फेसबुकबाट !

घटना नम्बर ३
पंक्तिकारको वडामा केहि बर्ष अगाडी एकजना ईसाई धर्म मान्ने तामाङ्ग जाति पाख्रिन थरिका पास्टरको बाबु सिकिस्त बिरामी भए । बुझिए अनुसार ति व्यक्तिलाई क्यान्सर भएको थियो । पहिलो चरणमै क्यान्सर अस्पतालमा लगेर उपचार गराएको भए सायद बचाउन पनि सकिन्थ्यो होला तर पास्टर छोराले उपचार नगराई प्रभु येसु मशिहले रोग निको पारीदिनु हुन्छ भन्दै दिनहुँ प्राथना गर्दाको फलस्वरूप ति पास्टरका बाबुले अकालमै मृत्युवरण गर्न पुगे ।
घटना नम्बर ४
पंक्तिकारको कान्छा भाईले सानैमा एकजना सार्की थरिका गाउँले भाईसंग मितेरी गाँसेका थिए । भाईको नाताले मितबा आमा, भाई बैनी भनेर सम्बोधन गरिन्थ्यो र जुन अहिले सम्म पनि कायमै छ । केहि बर्ष अगाडी मित आमालाई पनि क्यान्सर रोग लागेको थियो । ईसाई मण्डलीले यो कुरा थाहा पाए । प्रभुको सरण प¥यो भने प्रभुले रोग निको पारिदिनु हुन्छ भन्दै ति मितआमालाई ईसाई बनाए । प्रभुको प्राथना गर्दैमा रोग निको हुने भए करोडौ खर्चेर अस्पताल किन बनाउनु पथ्र्यो । मित आमा पनि केहि बर्ष अगाडी क्यान्सर रोगकै कारण थला परेर बितिन ।

नेपालमा ईसाई छिरेको मल्लकाल देखिनै हो । ईसाईको कारणले गर्दा देशको धर्म र संस्कृति नासिने भयो भन्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहले उपत्यका बिजय गरे पश्चात नेपालका नेवार जातिका ईसाई टोलीलाई देश निकाला गरेको भनेर ईतिहासमा लेखिएको छ । त्यसरी देश निकालामा परेकाहरुको पुस्ता अहिले पनि छिमेकी भारतको पश्चिम चम्पारण जिल्लाको बेतियामा भेटन सकिन्छ । नेपालमा दोश्रो पटक २०४६ सालमा प्रजातन्त्र स्थापना भए पश्चात ईसाई धर्म हाक्काहाक्की फैलिंदै गयो । पंचायती शासनमा लुकिछिपी धर्म परिवर्तन गर्ने र गराउनेहरुको लागी प्रजातन्त्र र गणतन्त्र बरदाननै साबित भयो । कम्युनिष्टहरु धर्मलाई अफिम जस्तै ठान्छन । अफिम भनेको नशा हो र धर्म पनि नशा जस्तै हो भनेर आÇना अनुयायीहरुलाई बताउछन । कथनी र करनीमा भने फरक छ । २०५१ सालमा जनयुद्धको घोषणा गरेर कथित जनयुद्धमा होमिएकाहरुले राज्यसँग युद्ध गरे ।

राजनीतिको लागी भनिएको युद्ध राजनीतिक कारणले नभएर पश्चिमाको योजनामा हिन्दु धर्म नास गर्न भनेर युद्ध गरिएको रहेछ भनेर पछी आएर पुष्टि भयो । कथित जनयुद्धको समयमा संस्कृत भाषा पठन पाठनमा रोक, मन्दिर गुम्बाहरुको नास र धर्मगुरुहरुको हत्या त्यसको सप्रमाण हुन । बिदेशीले सहयोग सित्तैमा दिदैनन । नेपालमा जे जति बिदेशी सहयोगमा खोलिएका क्ष्ल्न्इ र ल्न्इ छन त्यसमा प्रायः नेता देखि तिनका परिवारहरु आबद्ध छन । यिनै बिदेशीको सहयोगमा खोलिएको संघ र संस्थाहरुले ईसाई धर्म फैलाउन ज्यान फालेर लागेका छन् तर अचम्म र उदेकलाग्दो के छ भने अरुलाई ईसाई धर्ममा लाग्न उक्साउनेहरू भने आÇनै सनातनी धर्म छाडन सकेका छैन ।

माथि लेखिएको चार घटनाहरुलाई विश्लेषण गरेर हेर्ने हो भने २०४६ साल पछी नेपालमा डढेलो जसरि फैलाईएको ईसाई धर्ममा लाग्ने अगुवाहरुले सोझा सिधा जनताहरुलाई भ्रममा परापुर्वककाल देखि मानिदै आएको सनातनी धर्ममा धावा बोल्दै ईसाई धर्ममा लाग्यो भने प्रभु येसुले रोग निको पारि दिनु हुन्छ । प्रभुले चाहेमा मरेको मानिस समेत ब्युतिन सक्छ ।
परिवारमा सुखी र समृद्धि आउछ भन्ने काल्पनिक कुराहरु गरेर गुमराहमा पारे र पारिने क्रम अहिले पनि जारीनै छ । यदि ईसाईका येसु मसिहको प्राथना गर्दैमा रोग निको हुने भए रोगी पास्टर डोकोमा चढेर उपचार गर्न किन गए ? करोडौ खर्चेर अस्पताल किन बनाउनु प¥यो ।

प्रतिकृया दिनुहोस्