चित्लाङमा महारुद्रेश्वर मन्दिर निर्माण

0
94
Advertisementcorona-new-ads

हेटौंडा, २६ साउन/थाहा नगरपालिकाको वडा नं. ९ चित्लाङमा हिन्दूहरुको आस्थाको केन्द्र शिब लिङ्ग सहितको महारुद्रेश्वर मन्दिर निर्माण गरिएको छ । थाहा नगरपालिका र स्थानीय लामिछाने समाजको संयुक्त लगानीमा चित्लाङको स्वच्छन्द भैरब नदीतटमा मन्दिर निर्माण गरिएको हो ।

थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले एक समारोहका बीच मन्दिर उद्घाटन गरेका हुन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष श्यामकृष्ण लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख गोपालीले थाहा नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न यहाँको मठमन्दिरहरुको ठूलो महत्व रहेको बताए । उनले मन्दिर निर्माणसँगै यसको संरक्षणमा जुट्न र पर्यटकीय हिसाबले प्रचारप्रसार गर्न समेत स्थानीयलाई आग्रह गरे ।

थाहा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष पर्शुराम श्रेष्ठले ऐतिहासिक, धार्मिक, पुरातात्विक र साँस्कृतिक दृष्टिकोणले चित्लाङ महत्वपूर्ण रहेको उल्लेख गरेँ । कार्यक्रममा निर्माण व्यवसायी जयराम लामिछाने, लामिछाने समाजका अध्यक्ष बासुदेव लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्