कांग्रेस नेतृद्वारा त्रिपाल र खेलकुद सामग्री सहयोग

0
586
Advertisementcorona-new-ads

हेटौंडा, २६ साउन/नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको लागि दुई बण्डल (१८ थान) त्रिपाल र ८ थान भलिवल सहयोग गरेकी छिन् ।

सोमबार कांग्रेस इन्द्रसरोवर गाउँपालिकाका प्रतिनिधिलाई त्रिपाल र भलिवल हस्तान्तरण गरिएको हो । बाढीपहिरो पीडितमा परेकाहरुको राहतको लागि त्रिपाल सहयोग पठाइएको हो भने कोरोनाको कारण घरमै रहेका युवाहरुलाई खेल्न सहयोग पु¥याउने उद्देश्यले भलिवल सहयोग गरिएको हो । ‘कांग्रेसका इन्द्रसरोवर गाउँपालिकाका नेताहरु विश्व लामा, विकास लामा, निर्मला सिन्तान, सुमन श्रेष्ठलगायतले त्रिपाल र खेलकुदका सामग्री आवश्यक रहेको जानकारी गराउनुभएपछि हामीले उक्त सामान सहयोग गरेका हौं’, कांग्रेस केन्द्रीय सदस्य डीनाले भनिन्, ‘आवश्यकता अनुसार आगामी दिनमा पनि सकेको सहयोग हुनेछ ।’

सहयोग कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा २ को प्रदेशसभा ‘ख’ क्षेत्रीय सभापति लोक मोक्तान, कांग्रेस महासमिति सदस्य एवम् इन्द्रसरोवर गाउँपालिकाका लागि जिल्ला प्रतिनिधि दिनेश उपाध्याय लगायतको उपस्थिती थियो ।

प्रतिकृया दिनुहोस्