आईशोलेशन वार्डको शौचालयमा बत्ती नहुँदा संक्रमितलाई समस्या

0
84
Advertisementcorona-new-ads

हेटौंडा, २८ साउन/हेटौंडा–४ कर्रास्थित आईशोलेशन वार्डको शौचालयमा बत्ती नहुँदा कोरोना संक्रमितलाई समस्या परेको छ ।

आईशोलेशन वार्ड शौचालय

श्रमिक माध्यमिक विद्यालयमा रहेको आईशोलेशन शौचालयमा बत्ती नहुँदा रातीको समयमा बढी जोखिम हुने डर रहेको संक्रमितको भनाई रहेको छ । जसमा बृद्ध उमेरका संक्रमितहरु थप समस्या रहेका छन् ।

आईशोलेशन वार्डमा रहेका एक जना संक्रमितले भने ‘म आइसोलेसनमा आएदेखि बत्ती र शौचालय सरसफाईको लागि ध्यानकर्षण गराए । तर अहिले सम्म सुनुवाई नभएकोमा गुनासो पोखे ।’

शौचालयको सरसफाई र बत्ती ब्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनु आवश्यक रहेको कर्रास्थित आईशोलशनमा रहेकाले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्