हेटौँडा सामुदायिक आँखा अस्पतालको आकस्मिक बाहेक अन्य सेवा बन्द

0
83
Advertisementcorona-new-ads

हेटौँडा/ हेटौँडाको सामुदायिक आँखा अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवा साउन ३१ गते सम्मका लागि बन्द गरिएको छ ।

अस्पतालको एक जना सुरक्षा गार्डमा कोरोनाको संक्रमण पुष्टि भएपछि आकस्मीक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले सूचना जारी गर्दै अस्पतालका सम्पूर्ण विभागहरु विधिपूर्वक सरसफाइ गर्नुपर्ने भएकोले आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गर्न लागिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्