सरकारलाई व्यङ्ग्य गर्दै ‘अक्षर’ले सार्वजनिक गर्यो सखाप

0
388
Advertisementcorona-new-ads

हेटौंडा, ३० साउन/हेटौंडाका स्थानीय ब्यान्ड ‘अक्षर’को पहिलो म्युजिक भिडियो ‘सखाप’ सार्वजनिक गरेको छ । विहीबार यूटुप अक्षर मार्फत उक्त भिडियो सार्वजनिक गरेको हो ।

पछिल्लो समय देशमा बढ्दै गइरहेको बलात्कार, भ्रष्टचार, राजनीति, हत्याको विषयवस्तुलाई उठान गरी ‘सखाप’ मा सरकारमाथि विभिन्न गुनासो र व्यङ्ग्य कसिएको छ । शैक्षिक बेरोजगार बढ्दै गएको र भोट माग्न आउँदा देशलाई स्वीइजरल्याण्ड बनाइदिन्छु भन्ने आश्वासन दिने तर काम केही नगर्ने विषयले जनतामा निरासा थपिएको विषयलाई गीतमा उठान गरेको छ। निमा लामाले गाएका गीतमा विकास परसाईले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

गीतको बाधनतर्फ गितारमा अश्वीन सिग्देल, बेसमा अजय सिग्देल, ड्रममा कञ्चन पाठकले प्रस्तुती दिएका छन् । भिडियोको कलाकारमा बिमल कार्की, देव बराल, निश्कर्ष कार्की, तारा अधिकारी, निशान आचार्य, ओम खरेल, देव बराल, हृशीता दरनाल, अभि मैनाली रहेका छन् । लकडाउन हुनु अघि अक्षरले हेटौंडाका विभिन्न होटलहरुमा लाइभ कन्सर्ट प्रस्तुतको आयोजना गर्ने गथ्र्यो ।

प्रतिकृया दिनुहोस्