मुक्तक

0
159
Advertisementcorona-new-ads


फर्किन्छु भनेर ऊ मुग्लान पसेको हो।
प्रियाको सम्झनामा आँसु खसेको हो।
जुन दिन आफ्नाहरुको विछोड भयो।
त्यही दिनदेखि आखामा गाउँ बसेको हो।

अरे एकाबिहानै फुलसग भमरा जिस्किन्छ।
अचानक हागोको फलसग चरा जिस्किन्छ।
चुनौती मोल्न तयार भएपछि होला सायद
आजभोलि यहाँ भिरसग लहरा जिस्किन्छ

चिनी बिनाको खल्लो चिया नहोस् जिन्दगी।।
फलाममा लागेको त्यो खिया नहोस् जिन्दगी
तुसारोजस्तो दुःख शिरमा खसेर आए तापनि
हाँस्न सकियोस, छिया छिया नहोस् जिन्दगी

अचानोको पिर खुकुरीले जान्दैन।
धनीलाई किन अभावले हान्दैन।।
पिडाहरुले हृदयलाई यसरी हिर्कायो कि
म नरोऊँ भन्छु आखाँले मान्दै मान्दैन।

प्रतिकृया दिनुहोस्