मुक्तक

0
96
Advertisementcorona-new-ads

छुट्टिएर जाने साथ चाहिँदैन मलाई
सन्कार र असल व्यवहार नगर्ने हात चाहिँदैन मलाई
छुवाछुत र भेदभावपूर्ण व्यवहार गर्ने
तिम्रो त्यो जात चाहिँदैन मलाई

भमरा झँै फूलहरुमा झुम्नु छ मलाई
सुन्दर ती फूलको कोपिला चुम्नु छ मलाई
रमाइला ती ठाउँहरुमा घुमफिर गरी
खुशी व्यक्त गरी सबैँसँग रम्नु छ मलाई

रातमा जुन लाग्छ दिनमा घाम
देशको कर्णधार छु, पूर्णिमा मेरो नाम
देशविकास र उन्नतीतर्फ बढाउन
गर्छु देशभक्ती र असल काम
–पूर्णिमा वि.क
कक्षा: १०
अमर माध्यमिक विद्यालय

प्रतिकृया दिनुहोस्