आजदेखि बैंक तथा वित्तीय संस्था २ बजेसम्म

0
97
Advertisementcorona-new-ads

हेटौंडा, ३२ साउन/कोरोनाको जोखिम बढ्दै गएपछि थाहानगरमा बैंक तथा वित्तीय संस्थाहरुको कार्यालय खुल्ने समय घटाएको छ ।

आइतबार बसेको थाहाको कोरोना भाइरस रोकथाम सचिवालयको बैठकले थाहा नगरमा बैंक तथा वित्तीय संस्थाहरु २ बजेसम्म मात्र खोल्ने निर्णय गरेकोहो ।

थाहा नगरपालिकामा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँगको छलफलपछि सचिवालयले यस्तो निर्णय गरेको नगरपालिकाका अधिकृत अजित घिमिरेले बताए ।

सचिवालयको निर्णयपछि थाहा नगरपालिकाले २ बजेसम्म मात्र सेवा प्रवाह गर्न सबै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्