व्यक्तिगत सावधानी जरुरी

0
169
Advertisementcorona-new-ads

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको करिब एक महिनाको बीचमा देशभर कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । मृतकको संख्यामा पनि वृद्धि भएको छ । लकडाउन खुलेसँगै बढेको चहलपहलका कारण संक्रमणको दर बढेको हो । भौतिक दुरी कायम नगर्दा र व्यक्तिगत रुपमा स्वास्थ्य सावधानी नअपनाउँदा लकडाउन खुले लगत्तै संक्रमितको संख्यामा भारी वृद्धि भएको हो ।

मकवानपुर पनि यसबाट अछुतो छैन । विगत साता दश दिनमा मकवानपुरमा दैनिक कोरोना संक्रमितहरु बढि रहेका छन् । विशेष गरी प्रहरी कर्मचारीहरुमा संक्रमणको दर उच्च देखिएको हो । स्वास्थ्यकर्मीहरु पनि संक्रमण बढिरहेको छ । कोरोनाको महामारीले निकै भयावह रुप लिने संकेत देखिएको छ । सरकारी तवरबाट जति प्रयास भए पनि जनताले स्वास्थ्य सतर्कता अपनाएनन् भने यो रोग नियन्त्रणमा आउन मुस्किल हुने देखिन्छ । कोरोनाको महामारीले जसरी संसारलाई नै भायवित बनाइरहेको छ । यसको असर नेपालमा पनि बढीरहेको छ । अहिले दैनिक ५ सयको हाराहारीमा कोरोना संक्रमितहरु थपिएका छन् । क्वारेन्टिन अझै व्यवस्थित हुन सकेको छैन । समुदायस्तरमा कोरोना भाइरस फैलेने क्रम बढेको छ । यस्तोमा नागरिकस्तरबाट पनि सचेतना अपनाउन जरुरी छ । कोरोनाका कारण सबै क्षेत्र प्रभावित छ । सरकारले देशव्यापि रुपमा नभए पनि स्थानीय सरकारलाई आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अनुसार देशका विभिन्न जिल्लाका विभिन्न भागमा निषेधाज्ञा, लकडाउन र सिललगाइएको छ ।

अब सरकारले पिसिआर परीक्षणको दायरा बढाउनु पर्छ । परीक्षणसँगै नतिजा पनि द्रुत आउने गरी काम गर्नु पर्छ । पोजेटिभहरुको पहिचान गरी तत्काल व्यवस्थापन गर्नु पर्छ । जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो छ । प्रदेशभर नै संक्रमितको संख्या अस्वभाविक रुपमा बढिरहेका छन् । मृतकको संख्यामा पनि प्रदेशमा बढोत्तरी आइरहेको छ । यसमा कोरोना संक्रमण नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन आवश्यक पर्छ । संक्रमितको संख्यामा कमी ल्याउन प्रभावकारी काम गर्न जरुरी छ । प्रदेश सरकारको भूमिका नै प्रभावकारी देखिन सकेन । संघ सरकारले गर्ने व्यवस्थापन पछि जिल्ला प्रशासन र स्थानीय सरकार सक्रिय देखिएको छ । प्रदेश सरकारले आफ्नो भूमिका देखाउने बेला आएको छ । संकटमा नै नेतृत्वको परीक्षण हुने हो । प्रदेशको संरचनामा नै असन्तुष्टिका स्वरहरु उठिरहेको बेलामा प्रदेश सरकारले यो समयमा आफ्नो भूमिका प्रभावकारी बनाउन जरुरी छ ।

सरकारले आफ्नो तर्फबाट जति गरेको छ, नागरिकस्तरबाट त्यो भन्दा बढी भएको छ । जनताहरुले अझै संयमता अपनाउनु पर्छ । मास्क, स्यानिटाइजरको प्रयोग गर्नु पर्छ । आफू सुरक्षित भए अरु सुरक्षित हुनेछन् । सुरक्षित रहन आफैंले सचेतता अपनाउने हो । आफूसँगैका परिवार र साथीहरुलाई संक्रमण छैन भनेर बस्ने भन्दा पनि आफू सुरक्षित हुने तर्फ ध्यान दिन जरुरी छ ।

प्रतिकृया दिनुहोस्