चित्रकला भित्र चित्रित

0
928
Advertisementcorona-new-ads

चित्रमा आफुलाइ खोजु या आफुभित्रको चित्रमा चित्रकला ? चित्रलाइ चरित्रमा परिचीत गरु या चित्रमै सिमित राखु? पुर्ण जीवनकालका भोगाइ आज सम्म निभाएको चरित्रलाइ एउटा चित्रको रुप दिउ या मनभित्रै कैदी बनाइ राखु? अनेकौं प्रस्न सहित म अध्यारो कोठाका चार भित्तामा रुमलिरहेको छु। रसाएका आँखा, भक्कानिएको मन ,आधार बिहिन बनेको शरीर , लगलग कापिरहेको यी हातका हत्केला अनि औंलाहरु स्तब्ध छन !

पूजा लामिछाने

एकान्त कोठाको कुनाको टेबलमा एक- एक गर्दै राखे कापीका पाना कलमका टुक्रा अनि भावनाका चाङहरु… भोगाइका दुइचार झलक अनि भाबनाका छालहरु म चित्र मार्फत व्यक्त गरु मेरो जिबनका हार जित दुख सुख हर्ष यस्तै यस्तै…… चित्रमै आफ्ना भावना छत्याछुल्ल पार्न सकु र त्यही छालमा म बहन सकु!गहिराई मैले उतार्न सकु! एक आफैले कोरेको तस्बिरमा ब्यक्त गर्न सकु यिनै कुरा मनमा खेलाउदै सुरु गरे चित्र कथा.. प्रयास गरे हरकोही चित्र देखे भरमै सम्पुर्ण भाब बुज्न सक्ने डुब्न सक्ने चित्रको कथा….. सुरुवात गरे आफ्ना रिस राग चित्त दुखाइ खुसी पीडा सम्पुर्ण चिज समेटिएको एउटा चित्र …. अनि चित्र भित्रका कथाहरू ….. चित्रकथामा आफुलाइ उतार्ने कोशिस गरे एउटा आकार दिए ।

म मेरो जिबनलाई एउटा उज्यालो दिने ज्योतिको रुपमा हेर्न थाले चाहे लाल्टिन र टुकिको त्योसुन्दर धागे ज्वाला होस या मैनबत्तीका…. कति पटक ति सुन्दर ज्वालाबाट टुकि जलिरहेको र आफ्नो रुप जलाइ रहेको देखे …. बेमौसमी हावाका ती बेगमा मात्तिएर टुकिका आस्तित्व नै गुमाइदिएको पनि देखे म आफ्नै रुपलाइ बेरुपी बनाइ पगलिरहेको त्यो मैनको स्वरुप एकनास हेरि रहे ..म त्यसैलाइ आफ्नो जिबनसग बारम्बार दाजिरहे निस्वार्थी मैनबत्तिका मैनहरु बत्तिलाइ साथ दिदै थिए तर ती धागे ज्वाला भने आफ्ना अस्थित्व अन्त्य नहोस भन्ने घमण्डमा मैनलाइ पगालिरहेको थियो! आफुलाइ मैनसग दाजे ठिक मैनले जस्तै म कसैको अस्थित्व जोगाइरहेको थिए थाह नै पाइन म कहिले आफ्नो अस्तित्वलाई गुमाइसकेछु र बिहिन बनेछु ।

म कहिले काम नै नलाग्ने बर्णन नै नहुने त्यो मैनको बाकी रहेको कुरुप डिस्को बन्न पुगेछु? म कहिले त्यो टुकि अनि लाल्टिन बन्न पुगेछु जसको पुरा रुप बनाउन मेरा हातहरु लगलग कामिरहन्छ्न ! मानसपटलमा अर्को प्रस्न खडा गरे आफ्नो अस्तित्व नै मेटिने गरि रुप स्वरुप नै परिबर्तन हुने गरि कोहि कसरी झुकाउन सक्छ? कसरी बाध्य बनाउन सक्छ? मेरो जीवन कसरी अरुकै इसारामा चल्न सक्छ? उसैको फुकाइमा निब्नु पर्ने उसैको सहारामा उसैलाइ आधार दिनुपर्ने उसैको मात्र अस्तित्व जोगाउनु पर्ने यी सबै को न उत्तर आफू बाट पाए न त पत्तो नै ! आफ्नो जीवन एकनासले जिउन छोडेर म कसरी कसैको बन्धक बन्न पुगेछु?

जहाँ मैले मेरो अस्तित्वलाई धरौटी राख्नुपर्ने गुमाउनु पर्ने रहेछ … म पुन ती धागे ज्वालामा आफुलाइ दाज्न थाले आफुलाइ खोज्न थाले तर अह सकिन पाउन पुन असफल बन्न पुगे ।लाग्दै थियो मलाइ कोहि फु फु गर्दै मेरो अस्तित्व गुमाइदिन प्रयास गर्दै छ मेरो जिबन अन्त्य गर्दै छ! मेरो जिबनका बाटा हरु मोडिदै छ जसरी ती झुल्का हरु आफ्नो बेगमा होइन हावाका सुरमा मग्न छ्न बाटो बिराएका छन त्यसैगरी म कसैको बेगमा आफ्नो गन्तव्य मोडिरहेको छु मेरा पाइलाहरुमा पुर्णबिराम लागाइरहेको छु आफै लाई रोक्दै छु ! पापी हावा उफ त्यो पापि हावा … सम्पूर्ण संघर्ष अनि अस्तित्व भस्म बनाइदिने पापी समय अनि पापी उ…..चित्रलाइ अझै आकार दिदै थिए मेरा हात हरु पुर्ण आकारको बनाउनबाट पछि हटे । बोधिन थाले कलमहरु । जलिरहेको त्यो मैनको चित्रमा पुन आफुलाइ खोजे जिबित पाउनै सकिन आफुलाइ ……..रुप परिवर्तन गरि अबर्णिय एउटा पात्रको रुपमा भेटे आफुलाइ ……..आफ्नो जिबनलाइ सहि भेटे या गलत तर आफ्नो अस्तित्व मेटिएको जलिसकेर थोरै बाकी रहेको मैनको डिस्को अवशेष जस्तै आफ्नो जिबनलाई पाए आजको जीवन अनि भोलि जीवन जहाँ मेरा चाहना इच्छा र रहरहरु जलिसकेका र पुर्णबिराम लागिसकेका…… जुन चित्रले मेरो चरित्र झलकाइरहेको छ मेरो जीवन दर्साइरहेको छ । त्यहि चित्र हेर्दै यस्तै यस्तै कुरा मस्तिष्कमा खेलाउदै मैले उतार्न चाहेको चित्रले पुर्ण रुप लिइ सकेछ यति सक्दा नसक्दा आखाबाट त्वाप त्वाप गर्दै आसुका ढिक्का कतिबेला देखि झरिरहेका थिए पत्तो थिएन देब्रे हातले ती आसुका ढिक्का पुछ्दै आफुले कोरेको चित्रमा हेरे मुसुक्क मुस्काए अनि भावनाअनुरूप चित्र बनेको मा आफ्फैमा मख्ख भए कलम थन्क्याए कुर्सीबाट उठे अध्यारो कोठालाइ पनि बिदाको बिन्ती बिसाइ चित्र बोकि बाहिर निस्किए पुन चित्रकला बहिरको दुनियामा… तिम्रो जस्तै दुनियामा सबैको जस्तै दुनियामा पापी दुनियामा…. उफ पापी दुनियामा……….

प्रतिकृया दिनुहोस्