अत्यावश्यक सेवा संचालन गर्न अनुरोध

0
130
Advertisementcorona-new-ads

हेटौंडा, ८ भदौ/हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भिमफेदी गाउँपालिकामा जिल्ला प्रशासन कार्यलय मकवानपुरले पुनः भदौ १५ गते राती १२ः०० अजेसम्म निषेधाज्ञा जारी गरेपछि मकवानपुर जिल्ला सहकारी संघले उक्त अवधिसम्म निषेधाज्ञा भएका क्षेत्रमा रहेका सम्पूर्ण सहकारी लगायत बित्तीय संस्थाहरु सञ्चालन नगर्न अनुरोध गरेको छ।

मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष नारायणप्रसाद देवकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दै दुग्ध र तरकारी जस्ता अत्यावश्यक सेवा दिनुपर्दा सुरक्षाको सम्पूर्ण उपाय अबलम्बन गरी सदस्यहरुलाइ सेवा प्रदान गर्न समेत अनुरोध गरिएको जानकारी दिए । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढीरहेको अवस्थामा सहकारी संस्था लगायतको बित्तीय सस्था बढी जोखिममा रहेकोले सुरक्षित रहन समेत केन्द्रीय दुग्ध सहकारी संघ का अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका संचालक समेत रहेका देबकोटाले आग्रह गरे ।


साथै सहकारीका सम्पूर्ण कर्मचारीहरुले सेवा प्रदान गर्दा सुरक्षाको विधी अपनाइ सेवा प्रदान गर्न मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहालले आग्रह गरे ।

प्रतिकृया दिनुहोस्