भुपेन्द्र राना अभिनित म्युजिक भिडियो सार्बजनिक

0
1279
Advertisementcorona-new-ads

आज मकवानपुरे कलाकार भुपेन्द्र राना अभिनित म्युजिक भिडियो सार्बजनिक भएको छ । तिम्रो माया बोलको गीतमा रानाले अभिनय गरेको हो । राना संगै भिडियोमा रीता केसिको समेत अभिनय देख्न सकिन्छ । राना र केसि दुबैको यो डेब्यु म्युजिक भिडियो हो । सो भिडियोको कथा वस्तु आषिष अस्लामीले तयार गरेका हुन र गीत समेत गाएका हुन ।

गीतको रेकर्डिङ हेटौंडाकै NMI Production स्टुडियोमा सुमन तामाङ्गले गरेको हो। भिडियोको निर्देसन र एडिट एजे टिम हेटौंडाका अजय वाइबाले गरेका हुन । भिडियोको सुटिङ्ग मकवानपुरको मनोरम दृस्य रहेको दामन, चित्लाङ्ग, राक्सिराङ्ग लगायतका क्षत्रेमा छायांकन गरिएको हो । उक्त भिडियो तयार पार्दा सम्म करिब सतरी हजार पैयाँ को लागत गरिएको रानाले बताए । रानाले अनलाइन संग कुरा गर्दै आफ्नो भिडियो प्रतिको लगाब रहेको र यो क्षेत्रलाइ निरन्तरता दिने बताए । उनले भिडियोलाई प्रचार प्रसार गर्नको लागि मिडिया क्षेत्रलाइ अनुरोध पनि गरेका छन ।

प्रतिकृया दिनुहोस्