रिपोर्ट सार्वजनिकमा ढिलाई नगर्न औषधि व्यवसायीको माग

0
87
Advertisementcorona-new-ads

हेटौंडा, ११ भदौ/कोरोना भाइरस संक्रमणको त्रासकाबीच पनि औषधि र उपचारमा खटिएका औषधि व्यवसायीको कोभिड–१९ परीक्षणको रिपोर्ट सार्वजनिक हुन ढिलाई हुँदा सेवा प्रवाहमा समेत समस्या परेको जनाइएको छ ।

औषधि व्यवसायी संघ मकवानपुरले बिहीबार एक विज्ञप्ति जारी गर्दै मकवानपुरका औषधि व्यवसायीमा पनि संक्रमण देखा परिसकेको भन्दै उनीहरुको संम्पर्कमा रहेकाहरुको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक हुन ढिलाई भइरहेको भन्दै यथाशीघ्र रिपोर्ट प्राप्त हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो ।


यही अवस्था रहिरहे परिवार, बिरामी एवम् सेवाग्राही र आफ्नै स्वास्थ्यलाई जोखिममा राखेर औषधि व्यवसायीले सेवालाई निरन्तरता दिन नसकिने संघका अध्यक्ष सुधीर दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पिसिआरको रिपोर्ट आउन एकसाता भन्दा बढी लाग्ने गरेको भन्दै यस्तो अवस्थामा आफूहरु निकै अप्ठेरोमा रहेको दाहालले बताए ।

प्रतिकृया दिनुहोस्