बादविवाद प्रतियोगितामा बर्तौला प्रथम

0
48
Advertisementcorona-new-ads

हेटौंडा, १६ भदौ/हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार भएको अनलाइन बादविवाद प्रतियोगितामा अमृत बर्तौला प्रथम भएका छन् । प्रतियोगितामा संगीत श्रेष्ठ दोश्रो र विवेक फुयाँले तेश्रो भएको कार्यक्रम संयोजक प्रविण गुप्ताले जानकारी दिए ।


हेटौंडा जेसीजका अध्यक्ष राजदेव बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा जेसीज वर्ष १९९० का अध्यक्ष अशोक शाक्याको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्षहरु श्याम पौडेल, प्रभात पौडेल, जितेन्द्र कर्माचार्य, जेसिआइ सिनेटर किष्णबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गणेश कुमार श्रेष्ठ, दीपकराज मिश्र र अरुण कुमार दाहाल निर्णायक रहेका थिए । प्रतियोगितामा ८ जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्