मृगौला पीडितलाई नगद सहयोग

0
16
Advertisementcorona-new-ads

हेटौंडा, १७ भदौ/हेटौंडा–१० मा रहेको आपसी टोल विकास संस्थाले मृगौला रोगीको उपचारका लागि नगद सहयोग उपलब्ध गराएको छ । हेटौंडा १० मै चिया पसल राखेर दैनिक गुजारा चलाउँँदै आएका नारायण मगरलाई नगद २१ हजार २ सय ३० रुपैयाँ सहयोग गरिएको टोल विकासका सल्लाहकार पुष्कल न्यौपानेले जानकारी दिए ।

टोल विकास संस्थामा आवद्ध रहेका सदस्यहरुसंग आर्थिक संकलन गरिएको सल्लाहकार न्यौपानेले बताए । संस्थाका अध्यक्ष पुष्कर शर्मा ढकालले उक्त रकम विरामीको परिवारलाई हस्तान्तरण गरेका थिए ।

कोरोना महामारीको समय अन्य रोगको उपचार नपाएर मान्छेको मृत्यु भइरहेको समयमा हामीले मृगौला पीडितलाई सहयोग उपलब्ध गराएका अध्यक्ष ढकालले बताए ।

प्रतिकृया दिनुहोस्