प्याब्सन मकवानपुरमा इस्टु मकवानपुरको तालाबन्दी

0
17
Advertisementcorona-new-ads

हेटौंडा, २० भदौ/संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इस्टु) मकवानपुरले नीजि तथा आवसीय विद्यालयहरुको संगठन (प्याब्सन) मकवानपुरको कार्यलयमा ताला लगाएको छ ।
प्याब्सन मकवानपुरले भदौ १३ गते शनिबार जारी गरेको विज्ञप्तिको विषयलाई लिएर इस्टु मकवानपुरले आन्दोलनको घोषणा गरे अनुसार शनिबार तालाबन्दी गरेको हो ।

गएको शनिबार प्याब्सन मकवानपुर र प्याब्सन हेटौंडा नगर समितिले प्रेस विज्ञप्ती जारी गर्दै २०७७ भदौ महिनादेखि शिक्षक तथा कर्मचारीको तलब भत्ता दिन नसक्ने जनाएका थिए । इस्टु मकवानपुरले प्याब्सन मकवानपुरलाई आफ्नो निर्णय फिर्ता लिन दिएको तीन दिनको समयमा कुनैपनि सकारात्मक पहल नभएको भन्दै आन्दोलनको गर्नु परेको जनाएको छ ।

आन्दोलनको घोषणा अनसार पहिलो दिन शनिबार प्याब्सन मकवानपुरमा तालाबन्दी गरेको हो । यसैगरी आन्दोल कार्यक्रम अनुसार दोस्रो दिन भदौ २१ गते २०७६ साल चैत्रसम्मको तलब निकासी नगर्ने विद्यालयहरुको नामावली प्रत्येक दिन प्रकाशन गर्दै सेवा सुविधा निकासीका लागि ३ दिनको समयावधी दिने र त्यसो नभए सम्बन्धित विद्यालयमा तालाबन्दी गर्ने जनाईएको छ । यसैगरी तेस्रो दिन कालोसुचीमा परेका विद्यालयहरुको तालाबन्दी सकिएपछि प्याब्सन अध्यक्ष तथा नगर अध्यक्षको विद्यालयमा तालाबन्दी गर्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताईएको छ ।

प्रतिकृया दिनुहोस्