नयाँ शूल्क निर्धारण गर्न विद्यार्थी संगठनको माग

0
36
Advertisementcorona-new-ads

हेटौंडा, २९ भदौ/ चालु शैक्षिक सत्रको शूल्क निर्धारण गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । हेटौंडा उपमहानगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरमा ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरुले अहिलेके परिस्थिति अनुसार शूल्क निर्धारण गर्न माग गरेका छन् ।

मकवानपुरका २ विद्यार्थी संगठनले संयुक्त रुपमा ६ बुँदे मागसहित सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख लिलानाथ गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् । अनेरास्ववियु मकवापनुरका संयोजक किसन घिसिङ र नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडाले संयुक्त ज्ञापनपत्र दुवै जनालाई ज्ञापनपत्र बुझाएका हुन् ।

कोरोना भाइरसको महामारीलाई नै कारण बनाएर महंगो शुल्क असुल हुने अवस्था आएको भन्दै विद्यार्थी संगठनले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । उनीहरुले चालु शैक्षिक सत्र २०७७ मा अधिकतम सहमतीका साथ नयाँ शुल्क निर्धारण गर्नुपर्ने माग राखेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयले असोज १ गते बाट विद्यार्थी दुरशिक्षा एवम् अनलाईन शिक्षा प्रभावकारी ढगंले कार्यान्वयन गर्नका लागि निशुल्क तथ्यांक उपलब्ध गराउने निर्णय अनुरुप सामुदायिक विद्यालयहरुले शिक्षाका पहुँचमा नरहेका विद्यार्थीको संख्या यकिन गरी शिक्षाको माध्यमसम्म पहुँच पु¥याउन जिम्मेवार भुमिका निमार्ण गर्न विज्ञप्तिीमा भनिएको छ ।

राज्यको तिनै तहलाई, निजि विद्यालयलाई पर्न गएको समस्यालाई हल गर्न आर्थिक अनुदान दिन माग गर्दै निजि शैक्षिक संस्थाले अनलाईन शिक्षा बापत उठाउने शूल्क बन्द गर्न पनि विद्यार्थी संगठनले अपिल गरेका छन् ।

कक्षा ११ को भर्ना प्रक्रिया अगाडी बढेको पाइएकोले ग्रेडसिटमा आधारित अकंको आधारमा मात्र भर्ना हुने परिपाटी बन्द गर्न र कक्षा ११ को अध्ययन अवधी केही महिनाको मात्र हुने हुदा अध्यापन अवधि अनुसार शूल्क लिने वातावरण निर्माण माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्