कोरोना, शिक्षा र सुरक्षा

0
27
Advertisementcorona-new-ads

२०१९ डिसेम्बर ३१ मा चीनको वुहानमा देखिएको कोरोना भाइरस कोभिड–१९ एउटा अनौठो जीवाणु भएको र यसको आजसम्म पनि कुनै औषधी नभएको वैज्ञानिकहरूको दावी रहेको छ। यसबाट बँच्ने उपाय भनेको नै घरमा बस्दा समय समयमा साबुनपानीले मिचीमिची हात धुने, बाहिर हिँड्दा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र कुनै चिजबिज छुनुभन्दा अगाडि सेनिटाइजरको प्रयोग गर्ने मात्रै हो।

भौतिक दूरी नै प्रमुख उपचार भएपछि चीनले आÇनो देशमा शुरूमा लकडाउन ग¥यो र अन्य देशका मानिसलाई प्रवेश हुन दिएन, जसको कारण चीन रोकथाम गर्न छिट्टै सफल पनि भयो तर अन्य देशबाट त्यहाँ गई काम गरिरहेका कामदारहरू लकडाउनको कारण आÇनो रोजगारी गुमेपछि चीनबाट स्वदेश फर्कन थाले । जहाँ जहाँ उनीहरू फर्किएर पुगे त्यहीँ ठाउँमा कोरोनाको संक्रमण फैलिदै गयो । आज त्यही कोरोनाले नै विश्वव्यापी रूपमा आतड्ढ बढाइरहेको छ। अहिलेसम्म कोभिड–१९ बाट कुनै पनि राष्ट्र अछुतो रहेको छैन । यसकै कारण विश्वमा अझैसम्म ज्यान गुमाउनेको संख्यामा वृद्धि हुने पक्का छ।

अन्य देशहरूको तुलनामा नेपालमा शुरूका दिनमा यसको जोखिम न्युन देखिएको थियो। कारण नेपालमा संक्रमण फैलिन नपाउँदै सरकारले २०७६ चैत ११ गतेदेखि नै देशभर लकडाउन जारी गरेको थियो । जुन समय भारतले पनि लकडाउन जारी गरिसकेको थियोे ।
भारतमा लकडाउन जारी भए लगत्तै रोजगारीको बाटो गुमेपछि भारत काम गर्न गएका हजारौं नेपाली रातारात लुकीछिपी नेपाल प्रवेश गर्न थाले । यता नेपालले पनि सिमानामा त्यति कडाइ गर्न नसक्नुको कारण सिमानाबाट लुकिछिपी नेपाल प्रवेश गर्नेले पिसिआर जाँच नगरी र क्वारेन्टाइनमा नबसी जहासुकै प्रवेश गरेको कारण नेपालमा पनि यसको संक्रमण फैलिएको हो। नेपालले आम नेपालीको सुरक्षाको लागि छ महिना अघिबाट गरेकोे लकडाउनको कारण शुरूका दिनमा कम जोखिम देखिए पनि अहिले संक्रमणले तीव्र रूप लिइसकेको छ।

आजसम्मको तथ्यांकअनुसार अन्य मुलुकको तुलनामा नेपालमा कोरोनाबाट निको हुने संख्या बढी र मृत्युुदर कम भएको चाँहि निश्चित हो। यति लामो लकडाउनको कारण अब मानिस रोगभन्दा पनि भोकले मर्ने र अभावका कारण आत्महत्या गर्ने जस्ता घटना दिनानुदिन बढ्दै गइरहेका छन् । मुलुकभरकै अर्थतन्त्रमा यसले गम्भीर क्षति पु¥याएको कुरा हाम्रो सामु छर्ल· छ। कोभिड–१९ ले विश्वमा नै अगणनीय क्षति पु¥याएको छ। नेपालको सन्दर्भमा पनि यसले उद्योग, व्यवसाय, पर्यटन, यातायातलगायतका क्षेत्रमा ठूलो क्षति भएको छ। अझ गम्भीर क्षति त शिक्षा क्षेत्रमा परेको देखिन्छ। नेपालको मात्र हैन, विश्वकै लगभग दुई तिहाइ जनसंख्या प्रत्यक्ष रूपमा संलग्न रहेको शिक्षक र विद्यार्थीको अवस्थाको चित्रण हाल सहज छैन।

स्थान र अवस्था अनुसार योजना निर्माण गरी अगाडि बढ्दा सजिलोका लागि संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरिए पनि सरकार एकलौटी निर्णय आÇनै हातमा लिएर अझ अप्ठ्यारो अवस्था सिर्जना गराइ रहेको छ। यत्रो समयसम्म गाँजेमाँजे कुरामै अल्झाइ
रहेको सरकारले अहिले आएर बैकल्पिक शिक्षणलाई प्राथमिकता दिने कुरा अगाडि बढाए पनि नेपालको भौगोलिक विभिन्नताको कारण यो सोचे जस्तै सहज हिसाबले अगाडि बढाउन सकिने अवस्था देखिदैन। यतिखेर नेपालमा ७० लाखभन्दा धेरै विद्यार्थीको शिक्षा प्राप्त गर्ने अधिकारबाट कुण्ठित भएको अवस्था छ भने सरकार र शैक्षिक संयन्त्र शिक्षा प्रशासनमा थप अन्योलता देखिन्छ ।

शैक्षिकसत्रको अन्योलता र अनिश्चितता आजको प्रमुख सवाल हो र यसको निर्णय गर्ने जिम्मा सरकारको हो किनकि सरकार भनेको विद्यार्थी र अभिभावकको पनि अभिभावक हो तर सरकार अभिभावकत्व निर्वाह नगरी आÇनै स्वार्थमा चुर्लुम्म डुबेको कारण उसको ध्यान यतातिर कम भएको भने जरुर हो। उदाहरणका लागि सरकारले स्थगित कतिपय परीक्षाको सवालमा पनि परीक्षा हुने मिति तोक्दै, रोक्दै स्थगित र आश्वासनका सूचना सुनाएर विद्यार्थीमा थप अन्योलता भर्दै आएको छ। अर्कोतर्फ निजी विद्यालयको हकमा त झन् सरकारको गैरजिम्मेवारीपनाको कुरा गरी साध्य छैन । झन्डै आधा वर्ष जति बैकल्पिक शिक्षणबाट पठनपाठन अघि बढिरहेको देख्दादेख्दै पनि कहिले बैकल्पिक शिक्षालाई प्राथमिकता दिने र कहिले बैकल्पिक शिक्षालाई प्राथमिकता नदिने भन्दै ठोस निर्णय नगरी अन्योलतामा अल्झाइ रह्यो। उता अभिभावकलाई पनि विद्यार्थीहरूको कहिलेदेखि कहिलेसम्मको वार्षिक र मासिक शुल्क विद्यालयलाई बुझाउने भन्ने विषयमा द्विविधा गराउदै आज आएर सम्पूर्ण वार्षिक र मासिक शुल्क तिर्नुपर्ने भनी आम अभिभावकमा एकैचोटि ठूलो बोझ थोपरि दिएको छ।

शैक्षिकसत्रको शुरूबाट नै बैकल्पिक माध्यमबाट कक्षाहरू सञ्चालन हुँदै आइरहेको र शैक्षिक वर्ष पनि खेर जान नदिने भएपछि विद्यार्थीको शुल्क तिर्न पर्ने कुरा शुरूबाट एउटा निर्णय गरिदिएको भए आज अभिभावकलाई एकैचोटि ठूलै मार खेप्न पर्ने थिएन। उहाँहरूले विद्यालयलाई वार्षिक र मासिक शुल्क तयार रहँदा रहँदै सोही अनुसारको निर्णय
गरीदिएको भए सोही अनुसारको मनस्थिति बनाउँदै जान सक्नुहुन्थ्यो र केही सहज वातावरण बन्न सक्थ्यो । बाँकी रह्यो आजसम्म अनलाइनमा नजोडिएका विद्यार्थीको पढाइ के गर्ने ? अझै पनि बैकल्पिक माध्यमबाट कसरी शिक्षा लिने ? तिनीहरूको हकमा के होला ? जस्ता कुराहरू चासो र चर्चाको विषय बनेको छ। यसको सवालमा भन्नु पर्दा आजसम्म जसले शिक्षण गर्दै आएका छन्। उनीहरूले यसलाई निरन्तरता दिनुपर्छ र बैकल्पिक माध्यमबाट शिक्षा लिन असमर्थहरूको लागि शैक्षिक क्रियाकलाप र विषयवस्तुको ई पोर्टल बनाएर डिभाइस विद्यार्थीको हातमा पु¥याउन सक्ने हो भने सिकाइ निरन्तर बन्न सक्छ । यी सबै बिकल्पको प्रयोग स्थान र अवस्थाको आधारमा सम्बन्धित स्थानीय तहको प्रत्यक्ष निगारानीमा गर्न सकिन्छ । संक्रमणको जोखिम कम हुँदै गएको ठाउँमा सुरक्षाको प्रक्रिया अपनाउदै भौतिक दूरी कायम
गरी बिस्तारै मनोबल उच्च गराउँदै जानु पनि उपयुक्त हुन सक्छ ।

सधैं यही कोरोनालाई हाउगुजी मानेर बस्ने हो भने केही समयपछि रोगभन्दा भोकले ठूलो दुर्घटना निम्त्याउने अवस्था प्रष्ट भईसकेको छ। यसलाई कहिलेसम्म कसरी लिने ? कतिपय ठाउँमा बिरामीले छोएका चिजबिजबाट नै अरुमा थप संक्रमण फैलियो भन्ने सुनेका हामीले आज आÇनै आँखाले देख्दै आएका छौँ । एउटै परिवारमा पनि सँगै बस्ने कसैलाई हुने, कसैलाई नहुने, कतिपय अवस्थामा बिरामीको हेरचाहँ गर्ने जति सबैलाई नहुने, सधैं आमाले काखमा राखी दुध खुवाएको आमालाई हुने तर बच्चालाई नहुने जस्ता घटनाहरू आजभोलि हाम्रा सामु प्रशस्तै छन् । यसको सबै औषधी उपचार भनेकै बाहिर जाँदा अनिवार्य मास्क लगाउनु, सेनिटाइजरको प्रयोग गर्नु, एक व्यक्ति र अर्को व्यक्तिको बिचमा कम्तीमा दुई मिटर सम्मको भौतिक दूरी कायम गर्नु मात्रै हो। त्यसैले यसलाई वास्तै नगरी जथाभावी गरेर केही नै नमान्ने भनेको चाँहि होइन । किनकि यसको कारण अकल्पनीय क्षति भएको कुरा नकार्न सकिन्न, जसका प्रमाणहरू हाम्रो सामु छर्ल· छन्। त्यसैले सबैले सचेत बनी, सुरक्षाको प्रक्रिया अपनाएर काममा लाग्नै पर्ने अवस्था आएको छ। अन्त्यमा, सबैले सचेत बनौँ, सुरक्षाको उपाय अपनाऔ, तोकिएका नियमहरू पालना गरौँ । स्वास्थ्य नै पहिलो धन हो, यो कुरा कहिले नबिर्सियौँ। धन्यवाद ।

प्रतिकृया दिनुहोस्