एक विद्यालय एक नर्स कार्यक्रममा २० वटा विद्यालय

0
24
Advertisementcorona-new-ads

हेटौंडा, ७ असोज/एक विद्यालय एक नर्स कार्यक्रम विस्तारका लागि आर्थिक वर्ष २०७७/०७८ का लागि मकवानपुरका २० वटा विद्यालय छनौट भएका छन् ।

प्रति स्थानीय तह २ माध्यमिक विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि २०७६’ मा उल्लेख गरिएको मापदण्ड बमोजिम स्थानीय तहबाट छनौट तथा सिफारिस भई आएका मध्ये बागमति प्रदेश सामाजिक विकास मन्त्रालयको असोज ६ गते बसेको निर्णयले मकवानपुरका २० वटा विद्यालयलाई छनौट गरेको हो ।

छनौट भएका विद्यालयमा इन्द्रसरोवर गाउँपालिकाको बत्सलादेवी माध्यमिक विद्यालय र महाचुली माध्यमिक विद्यालय, कैलाश गाउँपालिकाको भवानी माध्यमिक विद्यालय र धुवाङ माध्यमिक विद्यालय, थाहानगरपालिको बागेश्वरी माध्यमिक विद्यालय र बज्रवाराही माध्यमिक विद्यालय रहेको छ । यसैगरी बागमति गाउँपालिकाको बागमति माध्यमिक विद्यालय र देवकी माध्यमिक विद्यालय, भीमफेदी गाउँपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय र महालक्ष्मी माध्यमिक विद्यालय, मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालय र वंशगोपाल माध्यमिक विद्यालय, मनहरी गाउँपालिकाको पशुपतिनाथ माध्यमिक विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालय, राक्सिराङ गाउँपालिका कालिका माध्यमिक विद्यालय (खैराङ बटारे) र कालिका माध्यमिक विद्यालय रहेको छ ।

यस्तै बकैया गाउँपालिकाकोे बुद्ध माध्यमिक विद्यालय र कान्ति माध्यमिक विद्यालय तथा हेटौंडा उपमहानगरपालिकाको बालज्योति माध्यमिक विद्यालय र जनप्रिय माध्यमिक विद्यालय रहेकोे छ । सामाजिक विकास मन्त्रालयले बागमति प्रदेशका १३ जिल्लाका ११९ वटै स्थानीय तहको विद्यालयको नामावली सार्वजनिक गरेको छ ।

प्रदेश सरकारबाट आर्थिक वर्ष ०७७/०७८ को स्वीकृत नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै थप सरकारी माध्यमिक विद्यालयमा विस्तार गर्ने उल्लेख भए बमोजिम कार्यक्रमलाई निरन्तरता दिई थप दुई सरकारी माध्यमिक विद्यालयका कार्यान्वयन गर्न अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत सबै स्थानीय तहमा बजेट विनियोजन भई प्रदेश सभाबाट स्वीकृत भइसकेको छ ।

प्रतिकृया दिनुहोस्