दुर्घटनामा २ जना प्रहरी सहित ३ जना घाइते

0
18
Advertisementcorona-new-ads

हेटौंडा, ९ असोज/शुक्रबार भएको दुर्घटनामा परी २ जना प्रहरी सहित तीन जना घाइते भएका छन् । २ जना प्रहरीहरु गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।

बसपार्कबाट नवलपुर तर्फ जाँदै गरेको बा २ ब ६०४६ नम्बरको २ प्रहरीहरु सवार मोटरसाइकल, नवलपुरबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ना १ ह २७७ नम्बरको अटो र डिभिजन सडक कार्यालयबाट आउदै गरेको ना ५४ प ३४०१ नम्बरको स्कुटर शुक्रबार बिहान एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा सुर्खेत घर भइ बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौंडामा कार्यरत प्रहरी जवान २१ बर्षीय रबिन्द्र बि क र सिन्धुपाल्चोक घर भई सोही कार्यालयमा कार्यरत प्रहरी जवान २५ बर्षीय राज कुमार परियार गम्भीर घाइते भएका छन् । घाइते दुवैको थप उपचारका लागि सेनाको हेलिकप्टर मार्फत काठमाडांै स्थिति ट्रमा सेन्टर लगिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । उक्त दुर्घटनामा स्कुटर चालक हेटौंडा–१४ मयुरधापका ६० बर्षीय पदम बहादुर मोक्तानको हेटौँडा अस्पतालमा उपचार भइरहेको र अवस्थामा सामान्य रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्