स्वास्थ्य चौकीलाई मास्क र सेनिटाईजर

0
13
Advertisementcorona-new-ads

हेटौंडा, ९ असोज/हेटौंडा ६ चौघडामा रहेको हेटौंडा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । हेटौंडा ६ का समाजसेवी एवम् टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ का निवर्तमान अध्यक्ष गणेश दुलालले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

दुलालले स्वास्थ्य चौकीलाई ५ लिटर ह्यान्ड स्यानिटाइजर र ५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको स्वास्थ्य चौकीका प्रमुख टिएन ढुंगेलले जानकारी दिए । कोरोना महामारीको नियन्त्रणमा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीलाई सामाग्री अभाव भएपछि नियमित खोप सेवाको अवसर परेर स्वास्थ्य सामाग्री सहयोग गरिएको दुलालले जानकारी दिए । स्वास्थ्य सामाग्री उपलव्ध भएपछी मास्क बिनै सेवा लिन आएका सेवाग्राहीलाई समेत मास्क वितरण गरि सेवा सञ्चालन गर्न थालिएको स्वास्थ्य चौकीका प्रमुख ढु·ेलले जानकारी दिए ।

प्रत्येक महिनाको ८ र ९ गतेमात्र खोप कार्यक्रम सञ्चालन गरिने भएपनि गत महिना निशेधाज्ञाका कारण खोप लगाउन नसकिएकोले यो महिना ३ दिन खोप कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्