गढीमा २० शैयाको आईशोलेसन

0
34
Advertisementcorona-new-ads

हेटौंडा, ९ असोज/कोरोनाको संक्रमण बढ्दै जान थालेपपछि मकवानपुरका स्थानीय तहहरुले आफ्नै पहलमा आईशोलेसन वार्ड बनाउन सुरु गरेका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पनि गाउँपालिकाभित्रै आईशोलेसन वार्ड बनाउने भएको हो ।

तस्विरः गुगल

गढीको वडा नम्बर ३ मा रहेको भानु मिनी पिच भित्र आइसोलेसन वार्ड निर्माणको काम थालिएको छ । गाउँपालिकाले १७ लाखको लागतमा २० शैयाको आइसोलेसन वार्ड निर्माण गर्न लागिएको स्वास्थ्य शाखाका संयोजक विदुर लामिछानेले बताए । गाउँपालिकाको कोरोना कोषबाट १५ लाख, उपभोक्ताबाट १ लाख ७४ हजार ५ सय १३ रुपैयाँ र कन्टेन्जेन्सी कट्टा गरी कुल १७ लाख १९ हजार ५ सय १३ रुपैयाँ लागतमा वार्ड निर्माण गर्न लागिएको हो । उपभोक्ता समिति मार्फत निर्माण सुरु गरिएको वार्डको काम अन्तिम चरणमा गाउँपालिकाका अध्यक्ष हुमागाईले जानकारी दिए ।

आइशोलेसन सञ्चालनको लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य शाखाबाट पाँच लाख र स्वास्थ्यकर्मी व्यवस्थापन सहित कोरोना संक्रमितको उपचारको लागि आवश्यक उपकरण खरिद गर्न ५ लाख गरि कुल १० लाख उपलब्ध गराएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष हुमागार्इंले बताए ।

गढी गाउँपालिलकामा हाल ४ जना पुरुष र ३ जना महिला गरी ७ जना सक्रिय संक्रमित रहेका छन् । यसअघि मकवानपुरको मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिकाले पनि आईशोलेसन वार्ड बनाई संक्रमतिहरुको उपचारमा सहजता ल्याइरहेका छन् ।

प्रतिकृया दिनुहोस्