कति हाल्छौ कानमा तेल ?

0
9
Advertisementcorona-new-ads

सानैदेखि सुन्दै आएको
अन्याय र अत्याचारलाई
न्याय दिनैपर्छ भन्ने कुरा
तर खै त यहाँ न्याय ११

एक नेपाली नारीको
अस्तित्व गुमिराखेको छ यहाँ,
बलात्कृत भएर
धसिँदै छन् चेलीबेटी यहाँ
अनि निर्मला पन्तको कुरा
आउँछन् जहाँ

एकदिन, दुईदिन होइन वर्षौं
बितिसक्यो
जनता त न्यायको माग गर्दा
धिक्कार भईसके
तर सरकार भने
कानमा तेल हाल्दै मग्न छन् त

खाउँ, खाउँ लाउँ, लाउँ
उमेरमै बलात्कृत भएकी
कठै ती निर्मला पन्तको
कति आँसु लाग्दो हो,
आफ्नो छोरीको न्यायका लागि
प्रशासनमा दिनो धाउने
बरा ती निर्मलाका परिवारको
कति श्राप लाग्दो हो,
ती काग कराउँदै गर्छ
पिनास सुक्दै गर्छ भन्ने
ती सरकारहरु लाई।।

कति स्वार्थ हाम्रो समाज
अरूको पीडा, अरूको
आँसुको मूल्य नबुझिदिने ,
हरे १ आज नारीको बिचल्ली
हुँदा न्याय नदिँदा त्यो,
कठोर मन पनि भासिन सक्छ
त्यसैले म हात जोडी
बिन्ती गर्छु,
छिट्टै न्याय देऊ सरकार
निर्मलाजस्ता सयौं नारीहरूलाई ।

आयुषा उप्रेती
कक्षा १०
नवोदय शिशु सदन

प्रतिकृया दिनुहोस्