Advertisement

नेपाल विधुत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाई संगै अघोषित रुपमा मकवानपुरमा पनि लोडसेडिङ भएको (पटकपटक लाइन काटिएको) भन्दै हेटौंडा १९ बस्तिपुरमा स्थानीयले बुधबार बेलुका राजमार्ग बन्द गरेका छन् ।

करिब डेढ घण्टा भएको राजमार्ग बन्दमा अघोषित लोडसेडिङ बन्द हुनुपर्ने, कुलमान घिसिङको पुनः नियुक्ती हुनुपर्नेलगायतको नारा लगाएका थिए भने सडकमा आगो समेत बालेका थिए ।

पछिल्लो समय मकवानपुरको युनिलिभर फिडरमा दैनिक कयौं पटक बिधुत प्रशारण अवरुद्ध भैरहेको छ ।तस्वीर : सफलचन्द्र कँडेलबाट