१५ शैयाको अस्पतालका लागि १ करोड

0
87
Advertisementcorona-new-ads

हेटौंडा, २२ असोज/उत्तरी मकवानपुरको थाहा नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणका लागि बजेट निकासा भएको छ । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्न १ करोड रुपैयाँ बजेट निकासा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मकवानपुरमा थाहा नगरपालिकासहित ४ वटा स्थानीय तहमा स्वास्थ्य संस्था स्तरोन्नतीका लागि बजेट निकासा भएको मन्त्रालयका लेखा अधिकृत उम्मेश्वरप्रसाद काफ्लेले जानकारी दिए । कैलाश गाउँपालिकाको कालिकाटार स्वास्थ्य चौकीालई १० शैया र राक्सिराङको खैराङ स्वास्थ्य चौकीलाई १० शैयामा स्तरोन्नती गर्नका लागि ८५/८५ लाख रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरेको छ । यसैगरी इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पताल बनाउनका लागि ७० लाख रुपैयाँ अर्थले बजेट पठाएको छ ।

स्वास्थ्य मन्त्रालयबाट स्वीकृत आधारभूत भवन निर्देशिका २०७७ बमोजिम अस्पताल निर्माण गर्नुपर्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य भवन पूर्वाधारको डिजाइन निर्माण सम्बन्धी निर्देशिका बमोजिम निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।

प्रतिकृया दिनुहोस्