‘उद्योगको उद्देश्य स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु हो’

0
688
Advertisementcorona-new-ads

१० वर्ष जग्गा भाडामा लिएर हेटौंडाका तीन जना युवा व्यवसायीहरुको साझेदारीमा हेटौंडा ४ थाहाचोक नजिक पब्लिक फुट वेयर उद्योग सञ्चालनमा रहेको छ । उद्योग सञ्चालन गर्ने तीनजना मध्य एक हुन् रण दुलाल । उनले करिव १० वर्ष ‘हर्नामाडी दुलाल सुज’ सञ्चालन गरेका थिए । उद्योगले दैनिक १६० जोर जुत्ता उत्पादन गर्दै आइरहेको अवस्थामा कोभिड १९ को असरले गर्दा अहिले ३५ जोर मात्र जुत्ता उत्पादन गरिरहेको छ । समग्र उद्योगको विषयमा लिएर प्रदेश दैनिकका संवाददाता सुजन ढकालले पब्लिक फुट वेयरका सञ्चालक रण दुलालसँग गरिएको कुराकानीको अंश ः

प्रदेशः उद्योग सञ्चालन गर्नुको कारण किन ?
दुलालः उद्योग खोल्नुको मुख्य उद्देश्य भनेकै नेपाली जुत्तालाई प्रोत्साहन गर्ने हो । देशभित्र रोजगारको सिर्जना गर्नुको साथै देशभित्रै स्थानीय तवरले उत्पादन भएका जुत्तालाई व्यवसाय सञ्चालन गर्ने उद्देश्यले उद्योग सञ्चालन गरेका हौं ।

प्रदेशः उद्योगबाट जुत्ता बाहेक अन्य फुट वेयर उत्पादन पनि हुन्छ ?
दुलालः उद्योगबाट छाला जन्य पदार्थबाट बन्नेहरु चप्पलहरु केही मात्रामा बनाइन्छ । स्पोर्टस् सुज, पार्टी सुज, कलेज सुजलगायत जुत्तामा चाहिने लगभग ९० प्रतिशत आइटमहरु बन्ने गर्दछन् ।

प्रदेशः कस्ता खालका मानिसलाई लक्षित गरी जुत्ता चप्पलहरु निर्माण गर्नुहुन्छ ?
दुलालः यो हाम्रो उद्योगको उद्देश्य भनेको एकदमै मध्यम वर्ग र न्यून वर्गलाई समेटेर जुत्ता बनाएका छौँ । यो जुत्ता बजारमा कहीँ पनि त्यति मह·ो पर्दैन । अझै हाम्रो शोरुममा आउनु भएमा उद्योगको होलसेल रेटमा जुत्ताहरु विक्रि गरिरहेका छौँ । सम्पूर्ण आम उपभोक्तालाई आउन पनि आग्रह गर्न चाहन्छु । एकचोटी आउनु होस् हाम्रो शोरुममा जुत्ताको मूल्याड्ढन गरिदिनुस् भन्न चाहन्छु ।

प्रदेशः लकडाउनले उद्योगलाई कस्तो असर पु¥यायो ?
दुलालः लकडाउनले सबैलाई समस्यामा पारेको छ, यसमा अछुतो हुने कुरा नै भएन । लकडाउन हुनु अघि उद्योगको अवस्था राम्रै थियो । करिव ३० जना कर्मचारी उद्योगमा कार्यरत थिए । सबैलाई रोजगारी दिईरहेका थियौँ । बजार पनि राम्रो थियो । लकडाउनले उद्योग चौपटै नै बनायो । अहिले काम गर्ने अवस्था छैन । बजारमा व्यापार छैन, व्यापार नभएपछि काम हुने कुरै भएन । त्यसले गर्दा बैंकको ब्याज तिर्न, घरभाडा तिर्न पनि हामीलाई धौ–धौ पर्ने अवस्था सिर्जना भएको छ । अहिले धेरै चापमा छौं । नेपाल सरकारबाट केही सर्वसुलभको आशा गरेका थियौं त्यो केही पनि हुन सकेन । हामी धेरै नै मारमा छौं । हामीले जुन अवस्थाबाट उद्योग सुरु गरेका थियौं अहिले आएर त्यो अवस्था भन्दा नि न्यून अवस्थामा पुग्ने अवस्था सिर्जना भएको छ ।

प्रदेशः उद्योगले शोरुम पनि सञ्चालन गरेको छ । शोरुम नै सञ्चालन गर्नुको कारण के हो ?
दुलालः उद्योगमा उत्पादन भएका वस्तुहरु आमउपभोक्ताहरुसँग प्रत्यक्ष रुपमा पुगोस् भन्ने उद्देश्यले शोरुम सञ्चालन गरिएको हो । हरेक क्षेत्रमा बीचको भूमिका खेलेर उद्योग र उपभोक्ताहरुसँग ठगी गरेर हजारको जुत्तालाई २ हजार रुपैयाँमा विक्रि गरिरहेका हुन्छन् । उद्योगमा उत्पादन भएका वस्तुहरु सर्वसुलभ दरमा आम उपभोक्तावर्गले प्राप्त गरुन् भन्ने उद्देश्य मात्र हो अरु केही पनि होइन ।

प्रदेशः उद्योगबाट कति जनाले रोजगार पाइरहेका छन् ?
दुलालः लकडाउन हुनु अगाडि त लगभग ३० जना जतिले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगार पाइरहनु भएको थियो । अहिले हामीसँग १०–१२ जना जति हुनुहुन्छ ।

प्रदेशः अरु ब्राण्डको जुत्ता छोडेर तपाईहरुले उत्पादन गरेको जुत्ता किन लगाउने ?
दुलालः हाम्रो ब्र्राण्डको जुत्ता लगाउनु भयो भने देशभित्रै रोजगारीको सिर्जना हुन्छ । नेपाली जुत्तालाई माया गरियो भने रोजगार सँगै आर्थिक स्थिति पनि सुदृढ हुुँदै जाने देखिन्छ । अर्थतन्त्रमा टेवा पुुग्ने हाम्रो ठम्याइ छ । हाम्रो जुत्ता बलियो पनि छ, बजारमा टिकाउ पनि छ । हामीले ६ महिने वारेन्टी दिएर विक्रि गरिरहेका छौं । बाहिरी चाइनिज जुत्तालगायत अनेकौं जुत्ताहरु आउँछ त्यो जुत्तामा कुनै गुणस्तर नभएको पनि देखेका छौं । त्यसको तुलनामा हामीले उत्पादन गरेका जुत्ता राम्रो, बलियो सँगै समय अनुसारको रहेको छ ।

प्रदेशः स्थानीय तहबाट केही सहयोग प्राप्त गर्नु भएको छ ?
दुलालः हामीलाई काही कतै कुनै पनि हिसावबाट सहयोग प्राप्त गरेका छैनौं । राज्यको कुरा ठूला ठूला आउँछ, संविधान पनि त्यही हिसाबले बनेको छ । तर काम गर्ने हिसाबले हामीलाई कुनै पनि सहुलियत दिएको छैन । आफ्नो जग्गा राखेर पनि बैंकबाट सहुलियत कर्जाबाट ऋण् लिन सकेका छैनौं । राज्यबाट आउने अनुदान , दुनियाँदारी कुरा त परै जाओस् । हामी कुनै पनि पार्टीको झोला बोकेर हिँड्न सक्दैनौं त्यही हाम्रो दुर्भाग्य हो कि जस्तो लाग्छ । हाम्रो उद्योग हेटौंडा ४ मा रहेको छ । वडा, स्थानीय तह, प्रदेश सरकारबाट हामीलाई सहयोग हुने कुनै पनि काम अहिलेसम्म आएको छैन ।

प्रदेशः मानिसहरुले समय अनुसार फेरी फेरी जुत्ता चप्पल लगाउछन् नि ?
दुलालः हामीले समय अनुसारकै जुत्ता चप्पल निर्माण गर्ने हो । कुन समयमा कस्तो जुत्ता चप्पल विक्रि हुन्छ , कुन समयमा कुन वर्गका मानिसले कस्ता खालका जुत्ता चप्पल लगाउँछन् भन्ने कुरा हामीमा ध्यान छ । त्यसतर्फ हामीले ध्यान नदिने हो भने उद्योग त सञ्चालन हुनै सक्दैन ।

प्रदेशः चाडपर्व लक्षित गरी गतवर्ष मेला नै सञ्चालन गर्नु भएको थियो । यसवर्ष त्यस्ता गतिविधिहरु हुन्छन् या हुँदैन ?
दुलालः गतवर्ष हामीले ‘एक्सचेन्ज अफर’ सञ्चालन गरेका थियौं । यो वर्ष हाम्रै आफ्नो स्वरुम पसल खुलेको छ । हामीलाई आवश्यकता ठान्नु भयो भने हाम्रो स्वरुममा आउनु भयो भने एकदम सर्वसुलभ रेटमा जुत्तामा एकदम भारी रेट छुटका साथ एकदम राम्रो भरपर्दो जुत्ताहरु प्राप्त गर्नुहुन्छ । तपाई ढुक्क भएर हाम्रो स्वरुममा आउनुहोस् । हाम्रो स्वरुम भनेको हर्नामाडी दुलाल सुज संगमचोकमा रहेको छ र अर्को हाम्रो सुज भनेर भुटनदेवी स्कूलको उत्तरी गेट अगाडी सञ्चालन गरेका छौँ । स्वरुममा आउनु भयो भने जुत्तामा ठगिनु नि हुँदैन र झुक्किनु पनि पर्दैन ।

प्रदेशः अन्त्यमा के भन्न चाहानुहुन्छ ?
दुलालः आउँदै गरेको विजयादशमी, शुभदीपावलीको पावन अवसरमा सम्पूर्ण आम उपभोक्ता वर्गहरुमा शुभकामना व्यक्त गर्न चाहन्छु । आफ्नो आर्थिक स्थिति अनुसार चाडपर्व मनाउनु होला । सामाजिक दुरी कायम गरी आफू पनि जोगिनुहोस् र अरुलाई पनि जोगाउनुहोस् भन्न चाहान्छु । आवश्यकता परेमा हाम्रो शोरुममा आउनुहोस् मजासँग बसौैं, हेरांै र जुत्ता किन्ने वातावरण बनाउनुहोस् भन्न चाहान्छु । धन्यवाद ।

प्रतिकृया दिनुहोस्