खोइ त महिला सुरक्षा ?:

0
414
Advertisementcorona-new-ads

देशमा बढ्दो महिला हिंशा विरुद्ध हेटौंडामा आयोजित विरोध कार्यक्रममा सहभागीहरु । देशमा पछिल्लो समय बलात्कारजन्य महिला हिंशाका घटनाहरु बढ्दै गईरहेको भन्दै त्यसको विरुद्धमा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा दर्जन बढी युवतीहरुले सडकमै आँखामा कालोपट्टी, मुखमा कालो मास्क, हातमा कालो पट्टी बाँधेर र कालो कपडा लगाएर शान्तिपूर्ण नृत्य प्रदर्शन समेत गरेका थिए । कालो पहिरनमा उपस्थिति उनीहरुले सरकारलाई महिला हिंशाको सवालमा संवेदनशील बन्न अपिल गरेका छन् । करिब एक घण्टा गरिएको प्रदर्शनमा उनीहरुले ‘अर्को पालो मेरो पो हो की ?’, ‘मलाई बाँच्न मन छ मलाई बचाउ’, ‘कस्तो कानुन कस्तो सरकार ?’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरुले पछिल्लो समय देशमा बलात्कारजन्य महिला हिंसाका घटनाहरु बढ्दै गएको र सरकार मौन रहेको भन्दै बलात्कारीहरुलाई कडा कारबाही गर्नुपर्ने कानुन ल्याउनु पर्ने बताएका छन् । (तस्बिरः प्रदेश दैनिक)

प्रतिकृया दिनुहोस्