दशैं कपमा रजैया र सानान्टार सेमीफाइनलमा

0
56
Advertisementcorona-new-ads

हेटौंडा, २ कात्तिक/ हेटौंडा–१९ सानान्टार स्थित चनौटे खेल मैदानमा जारी दशैं कप एट ए साइड फुटबल प्रतियोगितामा रजैया र सानान्टार सेमीफाइनलमा प्रवेश गरेको छ ।

सेमीफाइनल प्रवेश गरेको रजैयाको टिम ।

आइतबार भएको खेलमा रजैयाको केदारेश्वर युवा क्लवले मनहरी गाउँपालिकाको मसिनेमा रहेको जनजागरण युवा क्लबलाई १–० गोल अन्तरले हराएको हो भने सानान्टारले बस्तीपुरको क्लवलाई हराएको हो । रजैयाको लागि मिलन लामा स्याङ्तानले निर्णायक गोल गरेका थिए । यस्तै सानान्टार र बस्तीपुर बीचको खेल निर्धारित समयमा गोल रहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो ।

बडा दशैंको अवसरमा नेवारपानीको प्रगतिशील युवा क्लवले आयोजना गरेको प्रतियोगितामा स्थानीय ११ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले २५ किलोको खसी र उपविजेता टिमले कुखुरा पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्