मउवा संघको राहत वितरण जारी

0
23
Advertisementcorona-new-ads

हेटौंडा, २ कात्तिक/ बडा दशैंको पूर्व सन्ध्यामा मकवानपुर उद्योग वाणिज्य संघले राहत वितरण अभियानलाई जारी राखेको छ । कात्तिक १ गते शनिबारबाट सुरु गरेको राहत वितरण अभियानलाई आइतबार पनि निरन्तरता दिएको हो ।

राहत वितरण गर्दै मउवा संघको टोली ।

कोरोना भाइरस (कोभिड १९) का कारण समस्यामा आर्थिक समस्यामा परेका सर्वसाधारणलाई दशैं मनाउन सहज होस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिरहेको हो । ‘कोरोनाको समयमा हामीले राहत वितरणको अभियानलाई खासै सञ्चालन गर्न सकेनौं’, मउवा संघ अध्यक्ष कृष्ण कटुवालले भने, ‘यो अभियानलाई ५ गतेसम्म सञ्चालन गर्ने योजना लिएका छौं । यसले आर्थिक समस्या भएकाहरुलाई केही हदसम्म सहज हुने हाम्रो विश्वास छ ।’ राहत स्वरुप ५ किलो चिउरा, एक लिटर तेल, एक पाकेट नुन, मसला, विस्कुट, नुहाउने सावुनलगायत सामग्री वितरण गरिएको छ । यसका लागि संघले केही रकम व्यवस्था गरेको थियो भने व्यवसायीहरुसंग सहयोगका लागि अनुरोध समेत गरेको थियो ।

मउवा संघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकालको प्रमुख आतिथ्यतामा आइतबार राहत वितरण भएको हो । घटस्थापनाको दिनबाट हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतित्थ्यतामा राहत वितरण सुरु भएको थियो । आइतबारको कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, कार्य समिति सदस्य कृष्ण ढुंगाना, विशेष आमन्त्रित सदस्य भुपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो । पहिलो दिन १०१ जनालाई राहत सामग्री वितरण गरिएकोमा आइतबार दिन एकसय जनालाई वितरण गरिएको संघका उपाध्यक्ष कृष्णकुमार गुप्ताले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्