मदन भण्डारी प्रतिष्ठानको स्वामित्वमा हेटौंडा अस्पताल

0
23
Advertisementcorona-new-ads

हेटौंडा, २ कात्तिक/ हेटौंडा अस्पताल विधिवत रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आएको छ । प्रतिष्ठानले स्वामित्व ग्रहण गर्ने निर्णय गरेसँगै हेटौंडा अस्पतालको व्यवस्थापन अब प्रतिष्ठान मार्फत हुने छ।

जिल्ला अस्पताल हुँदै प्रदेश मातहत आएको हेटौंंडा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनापछि अनौपचारिक रुपमा प्रतिष्ठानमार्फत सञ्चालन हुँदै आए पनि आइतबार हेटौंडामा सम्पन्न प्रष्ठिानको दोस्रो सभाले औपचारिकरुपमै प्रतिष्ठान मातहत ल्याउने निर्णय गरेको हो ।
प्रतिष्ठानले आगामी वर्षका लागि नीति तथा कार्यक्रम, बजेट, प्रतिष्ठानको प्रतीक चिन्ह र आर्थिक नियमावली पारित गरेको छ । शैक्षिक कार्यक्रम सञ्चालन, ऐन संशोधन गर्ने लगायत निर्णय पनि गरिएको जनाइएको छ । सभालाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानले चाँँडै शैक्षिक कार्यक्रम सञ्चालन गरेर प्रदेश र देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन र स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बताए । प्रतिष्ठानका सहकुलपति तथा प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले प्रतिष्ठानको उद्देश्यअनुरुप काम गर्न समूहगत कार्य गरिनुपर्ने बताए ।

प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशीले प्रदेशका दुर्गम क्षेत्रमा भएका स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षासम्बन्धी विद्यमान चुनौतीको सामना गर्नका लागि तथा स्वास्थ्यसम्बन्धी आवश्यक जनशक्ति उत्पादन गर्न, स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षासम्बन्धी नवीनतम अवधारणाको पहिचान एवम् प्रभावकारी कार्यान्वयनका निम्ति प्रतिष्ठानलाई स्वायत्त संस्थाका रुपमा परिकल्पना गरिएको बताए । उनले शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रम तर्जुमालगायत आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनको तयारी सुरु गरिएको जानकारी पनि दिए ।
प्रतिष्ठानका शिक्षाध्यक्ष शतिसकुमार देवले प्रतिष्ठानको शिक्षा तथा अनुसन्धान नीतिका बारेमा जानकारी दिए । रजिष्ट्रार राजेश प्रसाईँले प्रतिष्ठानको आर्थिक, प्रशासनिक नीति, कार्यक्रम तथा बजेटका बारेमा प्रस्तुति दिएका थिए ।

प्रतिकृया दिनुहोस्