तासिरलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

0
32
Advertisementcorona-new-ads

हेटौंडा, २ कात्तिक/हेटौंडा–७ नागस्वतीमा रहेको तासीर इङ्लिस बोडिङ स्कुल उपमहानगरपालिका भित्रकै पहिलो अन्तराष्ट्रिय गुणस्तरीय चिन्ह (आर्ईएसओ ९००१ २०१५ ) प्राप्त गर्ने विद्यालय बनेको छ ।

अन्तराष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गर्न आवश्यक मापदण्ड पूरा गरेकोले उक्त सफलता हासिल भएको विद्यालयका प्रधानाध्यापक हरिबोल ढकालले बताए । यता विद्यालयका संस्थापक राजन थापा क्षेत्रीले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिदै जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास हुँदै गएको बताए । हेटौंडा बजारबाट करिब ३ किलोमिटरको दुरीमा रहेको विद्यालय २०६० सालमा स्थापित भई कक्षा दशसम्म अध्यापन गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्