प्रहरी सहायता कक्ष स्थापना

0
50
Advertisementcorona-new-ads

हेटौंडा, २ कात्तिक/हेटौंडा–१० स्थित बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आइतबार बसपार्क स्थित सामुदायिक प्रहरी सेवा उप केन्द्रमा नागरिक सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको हेटौंडा–१० का वडा अध्यक्ष किताप सिंह लामाले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले यात्रुहरुको चाप बढेसँगै र यो संकटको अवस्थामा यात्रुहरुलाई सहजीकरणका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको बताए ।

कोरोनाको महामारीको बीचमा यात्रु र सवारी चालकहरुको अनुगमन गर्ने र आवश्यक सहजीकरण गर्न सहायता कक्ष स्थापना गरिएको मकवानपुर प्रहरीले जनाएको छ । चाडपर्वको समयमा हरेक वर्ष यात्रुहरु लक्षित सहायता कक्ष स्थापना हुने गरेको छ । यो वर्ष कोरोना महामारीको जोखिमको व्यवस्थापनमा पनि सहायता कक्षले काम गर्ने बताइएको छ ।
आइतबार उक्त कार्यक्रममा होराइजन अटो प्रा.ली. बजाज शोरुमले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ट्राफिक नियम चिन्ह अंकित विभिन्न वोर्ड हस्तान्तरण गरेको छ । बजाज शोरुमको तर्फबाट करिब ४० हजार रुपैयाँ बराबरको ट्राफिक नियम चिन्ह अंकित होडिङ वोर्ड लगायतका सामाग्रीहरु ट्राफिक प्रहरी प्रमुख प्रकाश पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

मकवानपुरमा बढ्दो सवारी चाप सँगै दुर्घटना न्युनीकरणका लागि सहजिकरण गर्नका लागि सहयोग गरिएको शोरुमका प्रोपाईटर लालकाजी बज्रचार्यले बताए ।

प्रतिकृया दिनुहोस्