‘दलित जाती : इतिहासदेखि वर्तमान’

0
154
Advertisementcorona-new-ads

केही अघि रुकुम जिल्ला, जहाँ कथित दलित जातको केटोले उपल्लो जात भनाउदी ठकुरी जातकी केटी सँग प्रेम गर्दा उनीहरुको प्रेमलाई आफ्नो इज्जत सँग जोडी उपल्ला जातका तर्फबाट हमला गरी ६ जनाको हत्या गरेको आरोप पीडित पक्षले लगाएको छ भने आÇनी नाबालक छोरीलाई अपहरण शैलीमा उठाउन आउँदा प्रतिक्रिया स्वरुप प्रतिकार गर्दाको आततायी घटना हो भनेर केटी पक्षले डिफेन्स गर्दै आएको परिप्रेक्षमा सो दर्दनाक घटनाको वास्ताविकता त सो को अनुसन्धान पछिनै आउँला तर यसले हाम्रो समाजलाई थप पछी धकेल्ने निश्चित प्राय छ । हाम्रो समाजको ‘फ्लास ब्याक’ मा गएर हेर्ने हो भने यी र यस्ता समुदाय लक्षित गरी जातियताका आधारमा धेरै घटनाहरु घटेका छन् ।

निर्मल घिमिरे


मेरो घर पनि ग्रामिण भेगमा पर्दछ, मेरो समाज पनि अन्य औसत समाज भन्दा फरक छैन । तर मान्छे पनि छुत र अछुत हुन्छ भन्ने भावना भने बालपन देखी नै मेरो मनमा सधै बिझेर बसिरहेको हुन्थ्यो । हुन त यो समाजले मलाई उहि कथित उपल्लो जात अथात ब्राह्मण
परिवारमा जन्म दिएको भएता पनि मैले बुझ्ने बेला हुँदा ताका देखी यस विषयमा कहिल्यै पनि आफु माथिल्लो अनि अर्को जात विशेष तल्लो भन्ने भान गरिन् । यस विषयमा केहि लेख्नै कुत्कुत्याको कारण यसको मुल इतिहास्, अनि पृष्ठभुमी केलाउँदै जादा फेला परेका केहि तथ्य उजागर गर्न यस लेखको सहारा लिएको हु । नेपालमा राज्य सञ्चालन, उपभोग, जाति, भाषा विकास गर्ने शिलसिला हेर्ने हो भने कथित ‘दलित’ जातिको लामै इतिहास रहेको पाइन्छ । मैले फेला पारे सम्मको दस्तावेज हेर्ने हो भने नेपालमा जातियताको प्रार्दुभाव मल्ल कालिन युग देखी नै प्रारम्भ भएको पाइन्छ ।

दलित जातीको इतिहासः
जयस्थिति मल्ल राज्य सञ्चालन कसरी गर्ने भन्नेबारेमा भाइ–भारदारका बीचमा राजपरिवारमा छलफल भयो । त्यसपछि उनले यसो बिचार गरेर अब सीपको पहिचान गरी कामको विभाजन गर्नुपर्छ । अनि मात्र यो राज्य सञ्चालन गर्न सकिन्छ, अन्यथा गाह्रो हुन्छ भन्ने निष्कर्षमा पुगी दरबारमा बैठक आह्वान गरे । त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक प¥यो । त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो ।

एकजनाले भनेछ–महाराज त्यो काम मैले गर्न सक्छु । राजा खुसी भई हुकुम भयो– गरेर ल्याऊ । त्यो व्यक्ति खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो, ‘महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ’ । अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो । तर दुर्भाग्य, राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मनपर्ने, त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने–तैंले के यस्तो जुत्ता बनाएको ?

यो त कुकुरभन्दा पनि घटिया बनाइस् ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए– यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक जातको रूप लियो । जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ । त्यही क्रममा मल्लकालमै राजा प्रताप मल्लले थोरै परिवर्तन गर्न चाहेका थिए । जब उनी राजाको रूपमा राजगद्दीमा आसीन भए, दरबारमा पूजा लगाउने चलन थियो, हरेक आइतबार । बिहानको समयमा बोकाको बलि चढाउने बेलामा खुकुरीको आवश्यक प¥यो । त्यो कहाँबाट ल्याउने हो भन्नेबारे छलफल भयो । त्यसै बेलामा फलाम सम्बन्धी ज्ञान भएकाहरूको भेला गराइयो ।

राजाबाट हुकुम भयो–कसले यो काम गर्न सक्छ ? एकजनाले फेरि म बनाउन सक्छु भनिहाल्यो । त्यसपछि उनी त्यो काममा लागेर खुकुरी बनाएर ल्याएपछि राजालाई देखाएछन्, उनले पनि स्याबासी पाएछन् । त्यहीबेला रानी पनि त्यहाँ आइपुग्दा उनले भनिन–यो कसले बनाएर ल्याएको हो ? तरबार बनाउनेले भन्यो– मैले हजुर । अनि रानीले पड्केर भनिछन–तिमीले कसैको ज्यान लिने हतियार बनाएर ल्याएको ? त्यसैले अब तिमीले यो हतियार राजाबाट पूजा भएपछि छुनु हुँदैन । अनि त्यो व्यक्तिले कहिल्यै पनि राजाको अगाडि गएर आफूले बनाएको समान राजा– महाराजाबाट पूजा सकेपछि बनाउने मान्छेले छुन नपाउने भयो । त्यसपछि त्यो तरबार लोहा (फलाम) बाट बनेको हुनाले पछि त्यो बनाउने मान्छेलाई लोहार जात राखियो भन्ने विभिन्न प्रमाणबाट सिद्ध भएका छन् । राजाले रानीको आज्ञा मान्दै लोहारलाई नजिकै नल्याएपछि हाल त्यो दलित भनेर चिनियो । त्यो नै दलितलाई अभिशाप बन्न गयो ।

यसैलाई कामको आधारमा जातको विभाजन गरी आफूले मात्र मोजमस्ती गरेको भन्ने पनि शिलालेखमा पाइन्छ । पहिला–पहिला त जात के हो भन्नेबारेमा पनि कसैलाई थाहा नहुने र पछि सीपको आधारमा काम विभाजन गरियो । नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो, सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम दिइयो । तर पछि त्यसैमा राजाहरूले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार । नाचगान गर्नेलाई गाइने वादीको जाति बनाइयो । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भने चलन बसेको इतिहासमा उल्लेख छ । आजका दलितले पनि त्यही दुर्गति भग्दै आएका छन् । मानवमा यो कतिको कुठाराघात हो भन्ने पनि यसैबाट प्रष्ट भएको पाइन्छ ।
मौजुदा कानुन :–
राज्यले मुलुकी ऐन निर्माण गरी नेपालबाट जातीय छुवाछूत अन्त्य भएको घोषण ग¥यो, तर कार्यान्वयन भने हुन सकेन । हालसम्म पनि विभिन्न दलित वर्गका मानिसले त्यही नियति भोग्दै आएका छन् । नेपालमा झन्डै २० प्रतिशत दलित रहेको तथ्यांक पाइन्छ । तीमध्येबाट उनीहरूमा भएको सीप, कला र संस्कृतिलाई मात्र जगेर्ना गर्न सकेकोमा उनीहरू आफैंमा भरिपूर्ण हुनेछन् । नेपालमा भएको दलित जातको बारेमा पनि थुप्रै अनुसन्धान नभएको पनि होइन, केवल कागजमा मात्र सीमित भएका छन् ।

दलित वर्गको उत्थानमा धेरै खोज अनुसन्धान अनि राज्य र दाताबाट सहयोग पनि नभएको होइन तर त्यो केवल औपचारिकतामा सिमित हुन गयो । दलित बर्गको नाममा आएको निश्चित आरक्षण कोटा सिमान्तकृत सम्म पुग्नै पाएन । जसले अगुवाइ गरे, उनै टाठाबाठा हरुले बिचमै झ्वाम पारेको तितो यथार्थ हामी माझ ताजा नै छ । मल्लहरुले सन् १३६० देखि लामो समय सत्तामा रहे र यो घिनलाग्दो जातीय अनि वर्गीय इतिहासको शाशन समाप्त भएको पनि आज लगभग आठ सय वर्ष जती पुगिसक्यो तर यसले समाज आफूलाई जरा गाडेर बसिरहेको छ त्यसैको विकसित स्वरूपमा नेपालमा जाति प्रथाको जग बस्यो र पछि भारतमा महात्मा गान्धीले गरे जस्तै पृथ्वीनारायाण शाहले पनि भुरे टाकुरे राजाहरूलाई एकीकरण गर्दा दलितहरूलाई लडाइँको बेलामा प्रयोग गरे तर जातीय भेदभाव अन्त्यको पहल त के झ्न वर्ग विभाजन नै गरिदिए । सिङ्गो नेपाल निर्माणदेखि आजसम्म दलितको पनि कम योगदान छैन् ।
मल्लकालिन शासकहरुको
निरन्तरता शाह वंशिय राजा रजौटाहरुले पनि अझै उग्ररुपमा दिए । ब्राह्मण क्षेत्री बैस्य सुद्र गरी चार वर्णमा समुदाय विभाजन गरी सुद्रलाई अछुतको रुपमा विभाजन गरे । वर्तमान समाजमा देखिएको विभेदी वातावरणको निरन्तरता पनि उही मल्लकाल देखी शाह कालहुँदै निर्दलिय, पन्चायत्, बहुदल हुँदै लोकतान्त्रीक शाशन ब्यवस्थामा समेत ज्याद्रो रुपमा अमिट रुपमा बसिरहानु भनेको यो शताब्दी कै अभिसाप हो । विभिन्न काल खण्डमा धर्मका नाममा आÇनो दुनो सोझ्याउने पाखण्डी पण्डाहरुले यसलाई आफु अनुकुल ब्याख्या गर्दै आए । अनि त्यो ब्याख्यालाई अक्षरस पालना गर्दै गए हाम्रो यो समाजले पनि । हो अहिले उपल्ला भनाउदा जातका समुदायको मनमा त्यो भावना खिल बनेर बसेको छ । तर नेपालमा कुनै खास वर्गलाई तथाकथित उपल्लो जात भनाउदाहरुले बर्ष देखी थिचोमिचो गर्दै आइरहेको चाही सर्बब्यापक नै छ ।
वर्तमानमा दलित जाती :–
मेरो आफ्नै गाउको एकजना विश्वकर्मा दाइको घरमा पुजा लगाएको रहेछ्, जहाँ म जस्ता कथित उपल्ला जात भनाउदा समुदायका निम्तालुलाई भोजन गराउन उपल्ला जात कै भान्छे खटाइएको रहेछ । अनि उपल्ला जातका भनाउदा हरुले पनि ग्वाम कि ग्वाम प्रसाद ग्रहण गरेको पाइयो, जुन सर–समाग्रीहरु सबै त्यही विश्वकर्मा दाजुले नै जुटाउनु भएको थियो । मात्र भान्छे चाही उपल्लो जातको हुँदा मात्र आएर खाइदिने भएको कारण त्यस्तो भएको रहेछ । यो सब देखेको हुँदा मैले चाही सबै जनाले खाएको संयुक्त भान्छामा गएर खान लाग्दा मलाई सबै नातेदार अनि आफन्तहरुले आँखाले इसारा गर्दै त्यो नखानलाई इसारा गरेको–गरै थिए ।

मैले कसैको परवाह नगरि बसेको देखेर आयोजक विश्वकर्मा) दाईले नै ‘बाहुन बाजे तपाईहरुलाई उता अलज्ञै भान्छा तयार छ’ भन्नु भो तर मैले जिद्दी कसेर भने कि, ‘यहाँ बसेर खादा मलाई घाटीमा अड्किदैन पक्कै’ भनेर । अनि टन्न अघाए पश्चात त्यो दाइलाई भने
‘तपाइले अनि भाउजुले पकाएको खादा मलाई अड्किएन त दाइ’ भने । यो सुन्ना साथ उहाँले गहभरी आँशु पारेर कस्तो गर्बिलो महसुस गर्नु भो । हो त्यो दिन बाट उहाँमा ‘सेल्फ कन्फिडेन्ट’ उच्च रहेको मैले पाएको छु ।

स्कूल, क्याम्पस पढ्दाका मेरा धेरै साथी भाइहरु कथित दलित समुदायका थिए । उनीहरु हाम्रो घर आउँदा आफै अलि सानो भान गर्थे र भित्र जान नै मान्दैनन थिए । मलाई बडो नरमाइलो लाग्थ्यो । उनीहरुलाई जबर्जस्ती भित्र नै बस्न लगाउथे । सुरु सुरुताका त घरकाले साँझ परेपछि, सबै जना गएपछी थोरै मन दुखाउथे नै त्यो कुरामा तर मैले त्यो क्रम जारी नै रखिरहेको हुँदा घरका सबैको मनस्थिती नै परिवर्तन भएको पाए । त्यसपछी हाम्रोमा त्यस्तो विभेद केहि नै देखिएन । तर पनि यो त्यतीमा पर्याप्त भने होइन है ।

परिवर्तन गर्न आफैबाट सुरुवात गर्नै पर्छ । सिप चल्ने, ब्यवहारमा पैसा भयो भने चल्ने रे तर उनीहरुले छोएको पानी चाही नचल्ने रे । यस्तो पनि कही हुन्छ । जिवन बचाउनको लागी आवश्यक रगत ल्याउदा कसैले कुन जातको मान्छेले रक्तदान गरेको हो यो भनेर सोधेको त मलाई थाह छैन । जिवन जिउँन चाही दलित भन्ने जातको रगतले हुने अनी बाँचीसकेपछी माथी उल्लेख गरिएको मल्ल राजाहरुले झै विभेदीकृत ब्यवहार । एक्काइसौ सताब्दी आइसक्दा पनि मान्छे मान्छे बिच यस्तो खाडल ? यो हाम्रो पतनको बाटो हो । दुनियाँ कहाँ देखी कहाँ पुगिसक्यो तर हामी भने कुन जात भन्दा कुन जात माथिल्लो वा तल्लो भनेर बहस गर्दै छौ ।
हिन मनोबिज्ञानः–
सायद यही ज्याद्रो समाजको विभेदको डर अनि हेर्ने नजर मै फरकपनाको महसुस गरेर होला मेरो धेरै साथी भाइहरुले आÇनो जातिय पहचान (थर ) हटाएर नाम उल्लेख गरेको उदाहरण देख्न सकिन्छ । उदाहरणको लागी सामाजिक सन्जाल जस्ता साइटहरुमा अधिकांशले आÇनो पुरा नाम लेख्दैनन्, सायद यो पनि उनीहरुमा भएको हिनताबोध नभएर समाजले हेर्ने फरक चस्माको कारण हो । किनकि हाम्रो सामज त्यस्तो जडखडिएको समाज हो कि, दलित भन्न साथ कोठाभाडा पाइदैन्, साथी भाइ बिच फरक ब्यवहार देखा परिहाल्छ ।

त्यही पाखण्डी सामाजिक साँघुरो मानसिकताले गर्दा नै होला आज उपाध्याय ब्राहमण भन्दा जैसी ब्राह्मण तल्लो जात रे, अनि जैसी भन्दा क्षेत्री सानो रे, क्षेत्री भन्दा मगर्, तामाङ लगाएतका मङोलियन वर्णका समुदाय तल्लो रे, अनि उनीहरु भन्दा तल्लो तथाकथित दलित समुदाय तल्लो अरे । सायद यही सिको गर्दै दलित भित्र पनि उहि मानसिकता यदाकदा देख्न सकिन्छ जस्तै विश्वकर्मा भन्दा परियार सानो जात रे अनि परियार भन्दा गन्धर्व सानो रे अनि गन्धर्व भन्दा बादी झन् तल्लो रे । उनीहरुले माथी उल्लेख गरेका भन्दा अन्य धेरै जात जातीहरु छन् जसलाई माथिल्लो र तल्लो भनेर नामाकरण गरेका छन्, हो त्यो समुदाय सँग ऐचो–पैचो विवाह बारी, लेन–देन गर्दैनन्, छोइ–छिटो बार्छन्, हो समस्याको मुल जतो नै यही नेर छ र त हामीमा दसकौ अघि नै छुवाछुत मुक्त घोषणा गरिसकेको भएता पनि यसले केवल किताबमा भन्दा अन्य ठाउँमा स्थान लिन सकेन ।

हो यी र यस्तै कारणले हो हाम्रो समाजमा यसले जरा गाढेर बसेको । वास्तवमा जुन लक्षित समुदायलाई हेप्न, दमित गर्न अनि दल्नलाई राखेको शब्दावली हो ‘दलित’ । जुन आफैमा विभेदीकृत छ । नेपाली जन–जन को मन–मनबाट यस्तो बिभेद अन्त गर्न आफैबाट नै यसको सुरुवात गर्नै पर्छ र नेपाली शब्दकोषबाट यो दलित भन्ने शब्द हटाउनै पर्छ । अनि मात्र यसको
निर्मुलीकरण हुन सक्छ अन्यथा यो ज्याद्रो समाज यस्तो मानसिकताले झन् ज्याद्रो रुप धारण गरेर बसेको मेन्टालिटीलाई जती नै सुधार गर्ने कानुन बनाएतापनी यो रहिरहन्छ । जव सम्म हाम्रो मनस्थिती नै परिवर्तन हुँदैन नि, तव सम्म जती निति बनाए पनि त्यो लागु हुन गाह्रो
छ । सबैलाई चेतना भया ।

प्रतिकृया दिनुहोस्