भारतिय गुप्तचार निकाय ‘र’ को भित्री कुरा

0
92
Advertisementcorona-new-ads

हरेक राष्ट्रहरुमा अत्यावश्यक सुचना सड्ढलन र जासुसी कार्यको लागी केहि न केहि नाममा खुफिया एजेन्सी रहेका हुन्छन् । जुन कही–कही त्यो देशका प्रहरी वा सेना भित्र नै कुनै डिपार्ट्मेण्टको रुपमा रहेका हुन्छन भने कुनै राष्ट्रहरुमा चाही अलज्ञै निकायको रुपमा रहेका हुन्छन । हालै नेपालका प्रधानमन्त्रीले भारतिय प्राधानमन्त्री मोदीको विशेष दुतको रुपमा आएका भारतिय खुफिया एजेन्सी ‘र’ काप्रमुख सँग भेटवार्ता गरेको खबरले हाम्रा नेपाली मिडिया भरिभराउ भैरहेको छ ।

यस अघिका धेरै प्र.म.हरुले पनि र’का तत्कालिन प्रमुखहरुलाई भेटवार्ता गरेका कुरा कहिले प्रकाशमा त अहिले गुलचुप रुपमा नभएका पक्कै होईनन । चाहे त्यो गिरिजा प्रसादकोकार्यकालमा होस् या प्रचण्ड्, माधव नेपाल्, बाबुराम्, कोही पनि चोखो भने छैनन । तर यहाँ नेर अड्किएको एक यक्ष प्रश्न ः के बिदेशका कुनै पनि गुप्तचार प्रमुख सँग भेटवार्ता गर्नु नै अपराध हो र ? निश्चित रुपमा यो चाही सत्य नै हो कि, त्यस भेट घट घाट भित्रभएका काम कुराले मुलुकको लागी अहित हुनु भएन ।

निर्मल घिमिरे

मलाई लाग्छ, भेट मात्रले कुनै असर पर्दैन तर त्यसैले पार्ने निहित प्रभावले भने धेरैठुलो असार पर्नेमा सबैजना सचेत हुनु नै पर्छ । कसैले भन्दैछन प्र. म. जस्तो मान्छेले प्रोटोकल विपरित त्यस्तो भेटवार्ता गरे भन्ने टिप्पणी गरिरहेका छन भने कतिपयले सत्तारुढ दल नेकपा भित्रको विवाद चरमो उत्कर्समा पुगेको बेला सत्ता डगमगाउन लागेको बेलामा भएको यस्तो भेटले अत्यन्तै अर्थपुर्ण रहेको गाइगुइ सर्वत्र सुनिदै आइएको छ । सबै जसोका मुखमा जाने पनि नजाने पनि ‘र’ कै कुरा सुनिदै आइएको वर्तमान अवस्थामा कसैले जानेर बोलेका छन, हाम्रो चिया पसलदेखी खेत खलियान्, चोक चौतारो देखी यत्र तत्र सर्वत्र सबै को मुख मा ‘र’ कि ‘र’ को रटान सुनिदै आइएको छ । कतिपयले केहि बुझेरबोलेकै छन भने कतिपयले सतही ज्ञान कै भरमा ‘स्यालको हुइया’ जसरी दगुर्दै गफ छाटीरहेको बेलामा यस गरमा–गरम विषयमा मैले आज आफूलाई जानकारीमा आएका र आफुले बुझे सम्मको कुराहरु यस आलेख मार्फत उजागर गर्न जादैछुः–
के हो ‘र’ ?
रिसर्च एण्ड एनालाईसिस विङ (RAW) को स्थापना पुर्व भारतमा बैदेशिक गोप्य सुचना सड्ढलन गर्ने काम अन्वेशण ब्युरो (आइ बि) ले गर्दथे । जतिबेला द्वितिय विश्वयुद्ध जारी थियो । सो बखत छिमेकी मुलुक र अन्य शक्ति राष्ट्रहरुको सूचना लिनु महत्वपुर्ण लागेकोले सोकार्यमा आइ.बि. लाई बडो जोडतोडका साथ खटाइएको हुन्थ्यो ।

तर सन १९६२ मा भएको ‘भारत– चिन युद्ध’ मा चिनिया सेनामा भएको आधुनिकता अनि सुचना पहुचमा अब्बल भएको कारण भारत जव परास्त हुन पुज्ञो, तव तत्कालिन प्र. म. जवाहरलाल नेहरुले योकमजोरी महसुस गरी एक खुफिया सम्यन्त्र नभए सम्म सुचना सड्ढलन गर्न गाह्रो पर्ने हुँदा उनले स्थल सेना सचिव जयन्त नाथचौधरीलाई त्यस्तै सम्यन्त्र बनाउन आदेश दिए । भने त्यसको केहि समय पश्चात १९६८ मा नेहरु पुत्री यानिकी तत्कालिन प्र.म. इन्दिरागान्धीको कार्यकालमा २१०९ जती कर्मचारी र एजेण्ट नियुक्ती गरेर सो अन्तरअश्तृय गुप्तचर संस्थाको गठन गरियो र त्यसको प्रमुख आर.एन. कावलाई बनाइयो ।
कुन उद्देश्यले ‘र’ को जन्म भयो ?
१ . बिदेशी सरकार र सेना को गतिबिधीहरुलाई ध्यानमा राख्न जसले भारतलाई खतरा हुन सक्छ त्यस्ता निकायहरुमा जासुसी गर्न,
२ चीन र पाकिस्तान सँगको रिलेशनमा दरार सृजना भएकोले उनीहरुको गोप्य सूचना संकलन गर्न ।
३ पाकिस्तानलाई विभिन्न युरोपेली मुलुक अनि अमेरिका लगायतबाट भित्री रुपमा हुँदै आएको सैन्य सहयोगलाई नियन्त्रण गर्न ।

‘र’ बारे समाचार न आएका तर रोचक जानकारी हरु ः–
–(Research and Analysis Wing -RAW) कुनै बिभाग वा निकाय होईन । यो प्र.म. को अधिनमा रहेको एक विङ हो ।
–‘र’ को गठन प्रकृया जसरी अमेरिकामा सि.आइ. ए. गठन भएको छ, ठिक सोही अनुसार भएको हुन्छ ।
–‘र’ को प्रमुखलाई सचिव भनिन्छ । यो खास सानो समिती ले डिजाइन भएको एक सानो टिम हो ।
–यसले आÇनो प्रतिवेदन वा गोप्य सुचना सिधै प्र. म. लाई बुझाउछ यानिकी बिचमा लामो स्टेप हुँदै सुचना सम्प्रेशण हुँदा चुहावट नहोस । यो केवल प्र. म. प्रती मात्र अधिनस्त निकाय हो ।
–यसले छनौट भएका आÇना अफिसियलहरुलाई इजरायल्, बेलायत र केहि मात्रामा अमेरिका मा लगेर गोप्य रुपमा जासुसीको तालिमदिने गरेको छ ।
–‘र’ मा १९९० अगाडी सम्म सेना प्रहरी भित्रका कम्ब्याट्धारीहरु मात्र सदस्यहरु हुन्थे भने ९० को दशक पश्चात गैर सुरक्षा क्षेत्र बाट पनियसमा अफिसियल नियुक्त गर्ने गरेको छ ।
–‘र’ ले गठन सुरुवाती ताकामा नै आÇनो प्रभाव यसरी देखाउन थाल्यो कि, जानी दुस्मन ठानिएको पाकिस्तान लाई टुक्र्याएर सन १९७१ मा पुर्वी पाकिस्तानमा बस्ने अल्पसङ्ख्यक आदिवासी मुस्लिम समुदायलाई उचालेर ब·लादेशको जन्म गर्नका लागी गोप्य भूमिकानिर्वाह गरेको थियो ।
–सिक्किमलाई भारतमा बिलय गराउन प्र. म. इन्दिरा गान्धीको स्पेसल मिशन प्रमुख भएर ‘र’ ले मुख्य भूमिका खेलेको थियो । जहाँ निकै सावधानीपूर्वक अनि योजनाबद्ध रुपमा तत्कालिन सिक्किम देशका लोकप्रिय नेता लेण्डुप दोर्जेलाई ‘मोहोरा’ बनाइएको थियो भनेनिहित स्वार्थ सिद्ध पस्चात लेण्डुप दोर्जे लाई ‘दुधमा परेको माखो’ झै निकालेर मिल्क्याइएको थियो ।
–अफगानिस्तानमा रहेका अल्प संख््यक पुस्तुन समुदायका आदिवासीहरुलाई मोहोरा बनाइ पाकिस्तान बिरुद्ध गतिबिधीमा सङ्लग्नगराइ अस्थिरता मच्च्याउने काममा गोप्य रुपमा
लागीपरेको कुरा अल जजिराले उल्लेख गरेको छ ।
–देउवा प्र. म. भएको बेला चमेलिया र पश्चिम सेती आयोजना भारतीय कम्पनी लाई नदिइ एक अमेरिकि कम्पनीलाई सुम्पने निर्णयगरेको कारणले ‘र’ कै डिजाइनमा तत्कालिन प्रतीनिधी सभामा कांग्रेस कै ४ जना सदस्य अनुपस्थित
गराएर शेर बहादुर देउवाको सरकार बिघठनमा मुख्य भूमिका निर्वाह गरेको थियो ।
–नेपालका मधेशवादी दल र मुख्य ३ राजनैतिक दलका केहि नेताहरु भित्रै ‘र’ लाई सुचना पु¥याउने काममा सङ्लग्न रहेको कुरा चिनियासमाचार संस्था सिन्ह्वाले नाम सहित नै उल्लेख गरेको छ ।
(उनिहरु को गोपनियताको हकको सम्मान गर्दै नाम उल्लेख नगरिएको) ‘र’ कैमध्यस्ततामा नेपालको मुख्य राजनैतिक दलका ठुलै नेता हरुका सन्तानलाई भारतका ठुला विश्व विद्यालयमा छात्रबृत्ती उपलब्ध भएको र भने उनीहरुका परिवार ले चाही प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सुचना सड्ढलन र गोप्य रुपमा प्रवाह गर्ने काम गरिरहेका छन । ( स्रोत ः लाहोरटाइम्स दैनिक)
–जम्मा जम्मी २१०९ जन बाट सुरु भएको ‘र’ को टिम अहिले ९७ हजार माथीको संख््यामा रहेको छ ।
–‘र’ को एजेण्टले यत्ती गोप्य रुपमा काम गर्दछ कि, कतिपयका श्रीमतीलाई समेत आÇनो श्रीमान यसको एजेण्ट भएको पत्ता लाग्दैन ।अझ रोचक त झन के छ भने कतिपय स्वयम उसैलाई समेत आफु ‘र’ को एजेण्ट भएको पत्ता हुँदैन तर अप्रत्यक्ष रुपमा उनिहरु ले ‘र’ कालागी आÇनै ठाउबाट सूचना सड्ढलन र प्रवाह गरिरहेका हुँदैनन ।
–‘र’ को कुनै पनि सदस्यहरुलाई बन्दुक दिइदैन । तर अक्स्फाम नामक एक अनता राष्ट्रिय संस्थाले गरेको सर्भेक्षेण अनुसार विश्वमाजती पनि गैर कानुनी हातहतियार छन्, त्यी मध्य २३.७९ प्रतिसत हतियार भारत रहेको जनाइएको छ ।
–‘र’ भित्र कुनै पनि प्रवक्ता छैनन । यसका कुनै पनि सदस्यहरुले मिडियामा बोल्न पाउदैनन । जसकारण यस भित्रका कुनै पनि समाचार मिडियामा आउदैन ।
–‘र’ ले खटाउने मिशन दिएका सदस्यहरुलाई जुन देशको जासुसी गर्न खटाउन लागिएको हो, सर्वप्रथम सो देशको न्युनतम २ ओटा मुख्यभासाको ज्ञान प्रदान गरिन्छ अनि सो देशको बारेमा सबै जानकारी विस्तृत रुपमा प्रदान गरेर मात्र खटाउने गरिन्छ । यसका सदस्यहरुलेबिदेशी गरी उर्दु, पिस्तुन्, चिनिया, सिङला (श्रीलड्ढाली), नेपाली , बर्मेली अनि भुटानी भासा प्राय अधिकांश सदस्यहरुले बोल्न सक्दछन् ।
(माल्दिभ्स्, श्रीलड्ढा अनि नेपालमा आÇनो मुलुकको अनुकुल काम नगर्ना साथ चाडो–चाडो हुने प्राय सत्ता परिवर्तनमा कही न कही यसनिकायले भूमिका निर्वाह गर्ने गरेको कुरा पाकिस्तानी समाचार सन्स्था कराची पोस्टको अङ्ग्रेजी संस्करणमा उल्लेख छ ।
(यसका धेरै सदस्यहरु सिमावर्ती बजार÷गाउ आदीमा विभिन्न फरक पेसाधारीको रुपमा बसेर सुचना सड्ढलन गर्दछन, ठुलै अपरेशनमिशन हो भने उनीहरु कतिपय देश अनुसारको जोगी फकिर, भिखारीको रुपमा पनि सुचना सड्ढलन गरिरहेका हुन्छन ।
–नेपालमा रहेको भारतिय सांस्कृतिक केन्द्र अनि दुतावास भित्र सुचना सड्ढलन र जासुसी लगायतका त्यस्ता कामका लागीअफिसियलहरु खटाइएको हुन्छ । स्वतन्त्रता दिवशमा प्रदान गरिएको उपहार विशेशगरी त्यी खटिएका अफिसियलहरु कै सिफारिशमा हुने गर्दछ । जसको मिशन उपहार दिएर नजिक हुने र सो स्थानको सम्भावित जोखिमयुक्त सुचना सड्ढलन गर्नु हो । (स्रोत ः विकिलिक्स)
–यसका सदस्यहरुमा इन्फरमेसन टेक्नोलोजीको ज्ञान धेरै नै दिने गरिन्छ, विश्वमान जगतमा लन्च भएका सबै नबिन संयन्त्र यसलेसुरुवातीताका नै बूकिङ गर्ने गरिन्छ र यो तालिम प्रदान
गरिन्छ ।
–सन २००६ मा पाकिस्तानी राष्ट्रपती परवेज मुसरफ र प्रधानसेनापती बिच भएको फोन वार्ता समेत ह्याक गरेर कास्मिरको भिडन्त गोप्यसुचना ह्याक गरेका थिए ।
–यदी कुनै र एजेण्टहरु बिदेशमा जासुसी गर्दा गर्दै पक्राउ परे भने त्यो उसैको लापरवाहको कारणले भएको हो भन्ने ठानी उसलाई आÇनोदेशमा ल्याइ एक मु·ी माटोको श्रदाञ्जली समेत दिइदैन । त्यो उसको लापरवाहीको सजाय भन्ने बुझाइ हुन्छ । तसर्थ गोपनियता नैएकमात्र मुलमन्त्र मानिन्छ ।
–‘र’ ले यस्तो विस्तृत योजनाबद्ध ढङ्गले काम गर्छ कि, यो समय लागोस तर मिशन पुरा भएरै छोडोस भन्ने मान्यता राख्दछ । उदाहरणको लागी राजस्थानमा जन्मिएका एकजना अफिसियल रबिन्द्र कौसिकलाई उर्दु भासाको तालिम दिइ पाकिस्तानी सेनामा छ्द्मभेसी नामलेभर्ती गराएर उनले कर्णेल दर्जा सम्म बढुवा हुँदै जादा जासुस गरेर जानकारी सड्ढलन गर्ने गरेको र कर्णेल भए पछी मात्र उनको भेदखुलेको कारण उनलाई पाकिस्तानी सेनाले पक्राउ गरी इन्काउण्टर गरेका थिए ।
–अल जजिरा न्युजका अनुसार नेपालमा बसेर चिनको सुचना सड्ढलन र अफगानिस्तानमा बसेर पाकिस्तानको जासुस गर्ने काममा ‘र’ को ठुलो संख््यामा एजेण्टहरु सोही देशका विभिन्न संयन्त्र हरुमा बिभिन्न पेसा बनाएर बसेर सुचना सड्ढलन गर्ने गरेको उल्लेख छ ।
–यस संयन्त्रलाई भारतीय सरकारले प्रशस्त बजेट विनियोजन गर्ने गरेको पाइन्छ उदाहरणका लागी सन २०२० को बार्षिक बजेट नै ३०० मिलिएन रहेको पाइन्छ ।
–यसका सदस्यहरुलाई बिदेश गरी ‘जियो स्टार्टेजिक एनालाईइस’ को बारेमा धेरै नै ज्ञान दिने गरिन्छ । साथ सी आइ ए , के.जी.बी., आइ.एस.आइ., मोसाद्, एम. आइ., जस्ता खुफिया एजेन्सीहरुको ‘केस स्टडी’ हरुको अध्ययन गर्ने गराइन्छ । यो केवल जानकारीका लागी प्रस्तुत गरिएको हो । अब आफैले अनुमान गरौ कि र सँग भेट हुनु सही हो या गलत ।

प्रतिकृया दिनुहोस्