भिटामिन ए खुवाईंदैः

0
446
Advertisementcorona-new-ads

हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण भण्डारीले भिटामिन ए क्याप्सुल खुवाउँदै । मंसिर ११ र १२ गते देशैभर भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ । मकवानपुरमा पनि दुई दिन यो कार्यक्रम सञ्चालन हुनेछ । ६ महिनादेखि ५ वर्षमुनीका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाईंदै छ ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाको चौकीटोल र उपमेयर मिनाकुमारी लामाले बसामाडी पुगेर कार्यक्रमको सुरुवात गरेका थिए । हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाका एक हजार ४ सय जना पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईंदैछ ।

यसका लागि हेटौंडामा मात्र ९२ जना महिला स्वास्थ्य स्वयंसेविका खटिएका छन् । यसअघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडी धकेलिएको हो ।

प्रतिकृया दिनुहोस्