महिला मिलनको २० औं वार्षिक साधारण सभा सम्पन्न

0
49
Advertisementcorona-new-ads

हेटौंडा, १६ मंसिर/हेटौंडा वडा नम्बर १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा मंगलबार समापन भएको छ । गत २ गते बाट सञ्चालित सभा मंगलबार समापन गरिएको हो । कोभिड १९ का कारण सहकारीले एक साता लगाएर सभा गरेको हो । संस्थाका अध्यक्ष विष्णुमाया लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देलको प्रमुख अतिथ्यता रहेको थियो ।

सहकारीले एक वर्षमा आफ्ना शेयर सदस्यलाई ३४ करोड १४ लाख ३१ हजार रुपैयाँ लगानी गरेको छ । ४ करोड ३ लाख ५९ हजार रुपैयाँ शेयर पुँजी रहेको संस्थामा बचत निक्षेप भने ३२ करोड ३ लाख ३७ हजार रुपैयाँ रहेको छ । ४३ करोड ३३ लाख ७५ हजार रुपैयाँको करोबार गरेको सहकारीले १ करोड १० लाख १२ हजार १९५ रुपैयाँ खुद नाफा गरेको संस्थाका व्यवस्थापक फूलमाया मोक्तानले बताइन् ।

कार्यक्रममा संस्थाले जेष्ठ शेयर सदस्य साँहिलीमाया मुक्तान, रुकमणि न्यौपाने, सावित्री रिसाल, विमलादेवी लामा, विविमाया स्याङ्तान, ओरमाया गौतम,कान्छीमाया दोङ, सोममाया गोले, सुकुमाया लामा, हरिमाया मुक्तान र सुकुमाया लामा लोप्चनलाई सम्मान गरिएको थियो । त्यस्तै,उत्कृष्ट बचतकर्ता पिंकी थापा, पूजा सिन्तान, मैना बल, सविना रुम्बा, मंगलामाया गोले र उत्कृष्ट व्यवसायीक ऋणीहरु सावित्री स्याङ्तान, रिता थिङ, कल्पना परियार, रोश्नी थिङ, कल्पना पौडेललाई सम्मान गरिएको थियो । सहकारीले साधारण सभामा कर्मचारी सरस्वती घलानलाई कदर पत्र र उत्कृष्ट कर्मचारी सञ्जु बल लामा, तदर्थ संचालक सम्मानमा राममाया घिसिङ, पत्रकार सुजन ढकाललाई सम्मान गरिएको थियो । सोही अवसरमा असली पाख्रिन र अपना थिङलाई छात्रवृति प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्