मकवानपुर गढी दरबार प्रवेश शुल्क निर्धारण

0
31
Advertisementcorona-new-ads

हेटौंडा, १६ मंसिर/ ऐतिहासिक मकवानपुरगढी दरबार प्रवेशका लागि शुल्क निर्धारण भएको छ । मंसिर दोश्रो साताबाटै प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए । मकवानपुर गढी गाउँपालिका वडा नम्बर–२ मा रहेको ऐतिहासिक मकवानपुर गढी दरबारको शुल्क उठाउन ठेक्का आह्वान गरेको छ ।

२०७७ मंसिरबाट असारसम्मका लागि १३ लाख रुपैयाँमा बाँसपानी निर्माण कम्पनीलाई ठेक्का दिइएको पुडासैनीले बताए । दरबार क्षेत्रको सरसफाई, विभिन्न पर्यटकका आकर्षण स्थलको निर्माण र पर्यटकमैत्री बनाउनका लागि घुम्न आउने पर्यटकसँग शुल्क लिन थालिएको उनले बताए । अब गढी प्रवेशका लागि स्वदेशी पर्यटकले १५ रुपैयाँ, विदेशी पर्यटकले ५० रुपैयाँ शूल्क तिर्नु पर्ने भएको छ । यस्तै, साना सवारीसाधन पार्किङको १० रुपैयाँ, ठूला सवारीसाधन पार्किङको एकसय रुपैयाँ शुल्क निर्धारण भएको छ ।

त्यसैगरी पकाएर खाने वनभोजका लागि एक हजार रुपैयाँ र ड्राइ पिकनिकका लागि पाँचसय रुपैयाँ शुल्क निर्धारण गरिएको पुडासैनीले बताए । यता दरबार क्षेत्रमा फिल्म सुटिङका लागि तीन हजार पाँच सय रुपैयाँ र म्युजिक भिडियो सुटिङका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ ।गाउँपालिकाले विजयोत्सव, तीज, ठूलो एकादशी र कृष्णजन्माष्टमीमा भने स्थानीयवासीसँग शुल्क नलिने जनाएको छ । परम्परादेखि स्थानीयले उक्त चाडपर्वमा दरबार भित्र रहेको कृष्णको मन्दिरमा पूजा आरधाना गर्दै आएकालाई शुल्क छुट गरिएको पुडासैनीले जानकारी दिए ।गाउँपालिकाले विजयोत्सव, तीज, ठूलो एकादशी र कृष्णजन्माष्टमीमा भने स्थानीयवासीसँग शुल्क नलिने जनाएको छ ।

परम्परादेखि स्थानीयले उक्त चाडपर्वमा दरबार भित्र रहेको कृष्णको मन्दिरमा पूजा आरधाना गर्दै आएकालाई शुल्क छुट गरिएको पुडासैनीले जानकारी दिए ।

  

प्रतिकृया दिनुहोस्