एड्स लागेर मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

0
32
Advertisementcorona-new-ads

हेटौंडा, १७ मंसिर/मकवानपुर रिकभरिङ समूहको आयोजना र अन्य संस्थाहरुको समन्वयमा एचआइभि एड्स संक्रमण भई मृत्यु भएकाहरुको सम्झनामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ । मंगलबार विश्व एड्स दिवसको अवसर पारेर हेटौंडाको शितलमहल चोकमा दिप प्रज्वलन गरिएको हो ।

एचआइभि संक्रमण भई मृत्यु भएका व्यक्तिहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको रिकभरिङ समूहका प्रबन्ध निर्देशक सन्दिप शाक्यले बताए । उनका अनुसार कारोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएपछि देशभरमा १ सय ६ जनाले ज्यान गुमाइसकेका छन् ।

दीप प्रज्वलन कार्यक्रममा सहभागिहरुले एचआईभि एड्स बिरुद्धको जनचेतनामुलक प्लेकार्ड लिएका थिए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार आ.व. २०७६/०७७ मा ७ सय ९० जनालाई एचआइभि संक्रमण भएको छ ।

प्रतिकृया दिनुहोस्